महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश प्रहरीले अनलाइनबाटै गुनासा तथा उजुरी लिने भएको छ । आज सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डिआईजी भरत वोहोराले धनगढी स्थित प्रदेश प्रहरी कार्यालयमा उजुरी तथा गुनासो सुनुवाईका लागि क्युआर कोडको उद्घाटन गरेका हुन ।
प्रहरीले आजैबाट लागू हुने गरी क्यु आर कोड स्कायन गरि गुनासा तथा उजुरी गर्न मिल्ने ब्यबस्था मिलाएको छ । परम्परागत उजुरी पेटिकाले गुनासा ब्यबस्थापन त्यति प्रभावकारी नभएकाले प्रविधि मार्फत उजुरी तथा गुनासा सुनुवाई गर्न सुरु गरिएको डिआईजी भरत वोहोराले बताए ।
उनले भने,‘अब यो ब्यबस्था मार्फत जसले जहाँबाट पनि उजुरी तथा गुनासो गर्न सक्छ,त्यसको सम्बोधनका लागि अलग्गै युनिट बनाईएको छ तत्काल रिस्पोन्स हुन्छ ।’ आजबाट प्रदेश प्रहरी कार्यलयमा क्युआर कोडको सेवा सुरु गरिएको छ, भने क्रमश जिल्ला, इलाका हुँदै तल्ला युनिट सम्म पनि यो सेवा लागू गरिने डिआईजी वोहोराले बताए ।
Comments are closed.