महेन्द्रनगर । कञ्चनपुरमा पछिल्लोे समय सरकारी सवारी साधनहरुको दुरुपयोग बढेपछि जिल्ला प्रशासनले सुचना निकालेर अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सरकारी सवारीसाधनको दुरुपयोग नर्गन जिल्ला स्थित सरकारी कार्यालयहरुलाई अनुरोध गरेको हो । शुक्रबार जिला प्रशासन कार्यालयले एक सुचना जारी गर्दै नेपाल भारतको सीमानामा सरकारी सवारी साधनहरुको दुरुपयोग भइरहेको उल्लेख छ ।
तथा कतिपय सरकारी सवारी साधनहरु नेपालको सीमा बाहिर भारतीय बजारमा गएर सामान ओसार पसार समेत गर्ने गरेको भन्ने गुनासो आएकोले आफ्नो कार्यालयको स्वामित्वमा रहेको सरकारी सवारी साधनहरुको दुरुपयोग हुन नदिन अनुरोध गरेको छ ।