बाइक दुर्घटनामा परेर डडेल्धुराका युवकको मृत्यु

महेन्द्रनगर । कैलालीको गोदावरीमा मोटरसाईकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । डडेल्धुराको परशुराम नगरपालिका ११ बस्ने २१ वर्षीय खडक बिष्टको मोटरसाईकल दुर्घटनामा परी मृत्यु भएको हो ।

गए राती करिव ८ः४० बजे साझ सु प प्र०२ ००३ प ६०५८ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका बिष्टलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो। गए राती करिव साढे दुई बजे बिष्टको मृत्यु भएको अस्पतालले पुष्टि गरेको थियो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

 

सम्बन्धित

Leave A Reply

Your email address will not be published.