महेन्द्रनगर । चरमपन्थी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीकी बहिनीले यो भाईटिका आफनै दाईसंग मनाउने बताएकी छिन । उनले नेपाल सरकारालई आफनो दाईलाई रिहाई गरी दाईको हातबाट टिका लगाउने बताएकी हुन् ।
विपिनकी बहिनी पुष्पा जोशीले आफनो दाई बन्धक भएको ३० दिन भईसकेको अवस्थामा उनले परराष्ट मन्त्रालय नेपाल सरकारलाई आग्रह गर्दै आफनो दाईलाई सकुसल घरमा आउने वातावरण मिलाई दिन आग्रह गरिन् । आईतवार स्थानिय युवा, विद्यार्थी परिवारका सदस्यहरुले जिल्ला प्रशासनमा प्रमुख जिल्ला अधिकारी मार्फत परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन् ।
कञ्चनपुरको भीमदत्त नगरपालिका ३ महेन्द्रनगरका स्थानीय समेत रहेका विद्यार्थी जोशीको रिहाईको माग अघि सारेर परपराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र पठाईएको छ । हमास समुहको नियन्त्रणमा रहेका दाजुको रिहाईको माग अघि सारेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत परराष्ट्र मन्त्रालमा ज्ञापन पत्र बुझाईएको बहिनी पुश्पाले बताईन ।
उनले हमास समुहको नियन्त्रणमा रहेको स्वयम ईजरायली सरकारले पुष्टी गर्दा समेत नेपाल सरकारले उद्दारका लागि पहल गर्नुपर्नेमा जोडदिईन । ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले विपिन जोशीको रिहाईका लागि घर परिवार, आफन्त एव विद्यार्थीले उठान गरेकोमा ााफनो पनि एक्येबद्धता रहेको बताए । साथै सरकारले पनि संवेदनशिल भएर यो विषयमा लागेको र बिभिन्न चरणमा केन्द्रिमा पनि जानकारी लिईएको र यताबाट पनि ताकेता गरिरहेको बताए ।
साथै यो भावनालाई कदर गर्दै स्थानियले चासो राखेको विषय सरकार समक्ष पेश गरेर सहयोग गर्ने र यो विषयमा सिधै परराष्ट्र मन्त्रालयको ध्याकर्षण गराउने बताए । गत २० असोजमा हमास समुहले ईजरायलमाथि हमला गर्दा सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकायमा कार्यरत विपिन जोशी सहितका विद्यार्थी लर्न एण्ड अर्न कार्यक्तम अन्तरगत २७ भदौँमा ईजरायल गएको महिना दिन नपुग्दै हमास समुहको हमालमा परेर विपिन जोशी वेपत्ता, कतिपयले ज्यान गुमाएको,घाईते भएका छन ।
अन्र्तराष्ट्रिय समुदायले भने ईजरायल र प्यालेष्टाईन दुईदेशविच गाजा क्षेत्रको जमिनको विषयलाई लिएर भईरहेको युद्धमा नेपाली विद्यार्थी अपहरण कार्य निन्दनिय भएको भन्दै रिहाईको माग अघि सारिएको छ । मिडिया रिपोर्टका अनुसार इजरायली बाहेक ६ देखि ८ जना हमासको अपहरणमा परेका छन्
जस मध्ये मेक्सिकन २ जना, ब्राजिलियन ३ जना, एक जना नेपाली विद्यार्थी र एक जना ब्रिटिस नागरिक छन् । साथै जर्मनी र थाइल्याण्डका ११ जना पनि हमासको अपहरणमा परेको आशंका अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले गरेका छन् । हमास समूहले दुईवटा ग्रिनेड फालेकोमा एउटा विपिन जोशीले समाएर बाहिर फालेका थिए । अर्को भने पड्केको थियो । जोशीले ग्रिनेड बंकरबाहिर फालेका कारण चारजना नेपालीहरूको ज्यान बचेको त्यहाँबाट फर्केका विद्यार्थीहरूले बताएका छन ।
हमासको गोली लागेर गम्भीर घाइते भएका हिमाञ्चल कट्टेलले अस्पतालबाटै जारी गरेको भिडियो सन्देशमा जोशीलाई प्यालेस्टाइनतर्फ लिएर गएको आफैँले देखेको बताएका छन । इजरायलको दक्षिण क्षेत्रस्थित किबुज अलिमिमबाट बेपत्ता पारिएका कञ्चनपुरका विपिन जोशी प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेको इजरायलले पुष्टि गरेको छ ।
इजरायलको प्रधानमन्त्री कार्यालयले पनि उनी हमासको बन्धकमा रहेको पुष्टि गरेको हो । तर, जोशीलाई गाजापट्टीको कुन क्षेत्रमा राखिएको छ भनेर इजरायलले प्रस्ट बताउन भने सकेको छैन । ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत गत भदौ अन्तिम साता विपिन इजरायल गएका थिए। उनीसँगै इजरायल गएका अन्य १० नेपाली विद्यार्थीको भने हमासको आक्रमणमा मृत्यु भइसकेको छ ।