महेन्द्रनगर । कञ्चनपुरमा माछा व्यवसायीहरुले भीमदत्त नगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् । भारतिय माछा आयात निर्यातमा पूर्ण रुपमा रोकथाम हुनुपर्ने भन्दै आईतवार भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीलाई माछा व्यवसायीहरुले ज्ञापन पत्र बुझाएका हुन् ।
महेन्द्रनगर बजार लगायत क्षेत्रहरुमा भारतबाट अबैध रुपमा सडेगलेका खान नमिल्ने माछाहरु चोरी बाटो प्रयोग गरेर भित्रिएको अवस्थामा कञ्चनपुरका माछा व्यावसायीहरुलाई प्रत्यक्ष मार परेको उनिहरुले बताए । साथै बजारमा नियमित रुपमा अनुगमन गरी अबैध माछाहरु बेच्नेलाई कारवाही हुनुपर्ने माग रहेको छ ।
अहिले भारतबाट गुणस्तरहिन, विषदीयुक्त माछाहरु खुल्ला रुपमा विक्री वितरण भईरहेको भएर आम उपभोक्ताहरुको स्वास्थ्यमा नकारात्मक असर पार्ने माछालाई तुरुन्तै विक्री वतरण गर्न रोक लगाउन ज्ञापन पत्र बुझाएको माछा व्यवसायी प्रकाश बहादुर साउँदले बताए ।
आफुहरुले लाँखौ रुपैँया लगानी गरेर माछा बेच्ने सिजनमा भारतबाट अबैध आउन माछाले गर्दा लगानी पुरै डुब्ने अवस्थामा आएको बताए । राज्यले कृषीमा गरेको लगानी पनि खेर जाने खतरा बढेको अर्का माछा पालक किसान अमर धामीले बताए । बैँकबाट रिण निकालेर माछा व्यवसाय संचालन गर्ने हामी किसानहरु अहिले आफनो व्यवसाय नै छोडेर पलायन हुने अवस्थामा रहेको धामीले बताए ।
कतिपय व्यापारीहरु पलायन भएर गएको यो परस्थितीमा बाँकी रहेका व्यवसायीलाई पनि पलायन हुन नदिन सरकारले कडा रुपमा प्रस्तुत हुन माछा व्यवसायीहरुले आग्रह गरेका छन् । यता, ज्ञापन पत्र बुझदै भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीले अबको दुई दिन भित्रै बैठक बसाएर बजारमा अनुगमन गर्ने बताईन ।
बजारमा अबैध माछा आएको भन्ने आफुले पनि संचार माध्यमबाट जानकारी पाएको र बजार अनुगमनकोृ तैयारी पनि गरिएको उनले बताईन् । कुनै पनि व्यापारीले यदी माछामा कालोबजारी गरेको पाईएमा कानुन कमोजिम कारवाही गरिने प्रतिवद्धता जाहेर गरिन ।