महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनमा एक महिलाको शव फेला परेको छ । सोही ठाउँकी अन्दाजी ६० वर्षिया नन्दानारु देवी जोशीको सोमबार विहान शव फेला परेको हो ।
आइतबार साँझ घाँस काट्न गएकी उनी अबेरसम्म घर नफर्किएपछि खोजतलास गर्दै जाँदा सोमबार विहान मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक(डिएसपी) प्रकाश डाँगीले बताए । प्रहरीका अनुसार घटना शंकास्पद रहेको छ ।
ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक बीर बहादुर बुडाऐर नेतृत्वको प्रहरी टोलीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
Comments are closed.