कञ्चनपुरको भीमदत्त नगरपालिकामा जनप्रतिनिधिहरु बिचको रोयल्टी, माइनटिङ लगायत विवाद चरम उत्कर्षमा पुगेका छन् । कञ्चनपुरको सबै भन्दा ठुलो स्थानीय तहका रुपमा रहेको भीमदत्त नगरपालिका भित्र विभिन्न सेटिङमा चरम अनियमितता भएका तथ्यहरु बाहिर आउन थालेका छन् ।
पारदर्शिता र शु–सासनलाई अंगालेर अगाडी बढ्नु पर्ने नगरप्रमुख सुरेन्द्र बिष्टका तर्कहरु आफैबाट असत्य साबित हुदै गइरहेको केहि सत्तारुढ कार्यपालिका सदस्यहरुकै भनाइरहेको छ ।
नगर प्रमुख बिष्ट पारदर्शिता र शु–सासनका चर्का नारा लगाउने तर कार्यान्वयनमा नल्याउने उनिहरुले आरोप लगाएका छन् ।शुक्रवार भीमदत्त नगरपालिकाको कार्यपालिका बैठक थियो ।
उक्त बैठकमा प्रमुख प्रतिपक्षी दलका जनप्रतिनिधि देखि सत्तारुढ दलका सबै जनप्रतिनिधिहरुको उपस्थिती थियो । बैठकको सुरुवातमै उपस्थिती जनाउनु पर्ने भीमदत्तको नियम छ । फलः स्वरुप सबै कार्यपालिका सदस्यहरुले उपस्थिती जनाए ।
भीमदत्तका विभिन्न शाखा संयोजकका रुपमा रहेका तीन जना कार्यपालिका सदस्य तथा जनप्रतिनिधिहरुले बैठकको सुरुवातमै ‘अब्जेक्सन’ खडा गरे । कारण थियो, पारदर्शिता र शु–सासन । त्यो संगै भीनपा–१८ का अध्यक्ष राजेन्द्र पाण्डेय, भीनपा–६ का अध्यक्ष हरक सिंह धामी र भीनपा–७ का अध्यक्ष शंकर कुँवर तीनै जनाले महाकालीको नदीको रोयल्टी विवाद, कार्यपालिकामा एउटा निर्णय अर्कै माइनिटिङ र ग्राभिल लगायतका बिषयमा छलफल र पारदर्शिता देखाउन नगर प्रमुख सुरेन्द्र बिष्टलाई आग्रह गर्दा उक्त बिषयको कुरै नगर्न जवाफ आएपछि उक्त कार्यपालिका बैठकले अर्कै मोड लियो ।
नगरपालिकाको विभिन्न शाखा प्रमुखको जिम्मेवारीमा रहेका तीनै जना वडाध्यक्षले बैठक बहिस्कार तथा बैठकमा उपस्थिती जनाएनन् । गैर जिम्मेवार पुर्ण जवाफ र सेटिङका गतिविधिहरुमा एकछत्र राजको अभिलासाले नगर प्रमुख बिष्टबाट वडाध्यक्षहरुको चित्त नबुझेको प्रष्ट देख्न सकिन्छ ।
विवादका पक्षः
१. भीमदत्त नगरपालिकामा पछिल्लो समय कार्यपालिकामा एक निणर्य गरिने र केहि दिन पछि गरिने माइनिटिङमा अर्को बिषय फेला पर्ने प्रवृती देखिएको कार्यपालिका सदस्यहरुकै गुनासो रहेको छ । ‘बैठकमा एक निर्णय गरिन्छ, १०र१५ दिन पछि उनीहरु आफ्नो तरिकाले माइनिटिङ गर्दा रहेछन् । बैठकको बिषय एक, माइनिटिङ अर्कै हुन्छ ।
शुक्रवारको कार्यपालिका बैठकमा उक्त तीन जना वडाध्यक्ष ज्यूहरुले समेत सुरुमै त्यहि बिषयमा जवाफ खोजेका थिए । त्यसपछि उथलपुथल नै भयो’ एक जना कार्यपालिका सदस्यले भने । नेपाली कांग्रेसवाट निवार्चित जनप्रतिनिधिहरुले सधै आवाज उठाउदै आइरहेको बिषयलाई शुक्रवार सत्तारुढ दलका जनप्रतिनिधिले आवाज उठाँउदा उनीहको कार्य सम्पादन क्षेत्र नै फेरबदल गरिएको छ ।
२. महाकालीको रोयल्टीमा झण्डै ३ करोड १५ लाख सम्म अनियमितता भएको तथ्यहरु बाहिरिन थालेका छन् । काम सुचारु हुँदा सम्म पनि रोयल्टी टेण्डर नहुनुको कारण खुलन सकेको छैन् । नगर प्रमुख सुरेन्द्र बिष्ट लगायतका जिम्मेवार व्यक्तिले जवाफ दिन सकिरहेका छैनन् । उक्त रोयल्टीको टेण्डर किन गराइएन भन्ने अनियमितताका विरुद्धमा गम्भिर प्रश्न खडा भएको छ ।
पिके श्रेष्ठलाई उक्त रोयल्टी बिना टेण्डर दिइएको छ । महाकाली नदीकोे बालुवा गिट्टी कैलालीको गेटा सम्म पुग्ने गरेको स्रोत बताउछ । स्रोतका अनुसार भित्रि सेटिङमा जिल्ला बाहिर उक्त बालुवा गिट्टी जाने गरेको र उक्त कार्यमा नगरका जिम्मेवार व्यक्तिहरुको सक्रियता रहेको छ ।
३.महाकाली नदीमा रहेको दोधारा–चाँदनी झोलुङ्गे पुलको दुवै पट्टी दुई ठुला ड्याम निमार्ण गरिने तयारीमा छ । उक्त कार्यकालागि चरेपर्वतबाट ठुल्ठुला ढङ्गा निकासी गर्ने कार्य नगरपालिकाले अगाडी बढाउदा त्यसमा समेत बिवाद देखिएको छ ।
प्रकृतीको स्वरुपलाई नै खलल पुर्याउन कोसिस गर्ने कार्य भएकाले भीनपा–१ मा रहेको चुरे पर्वतवाट आफुले ढुंगा निकासी गर्न नदिएको भीनपा–१ का वडाध्यक्ष आसेफ कुवँरले बताए । उक्त विषयमा समेत भीमदत्तमा वृहत विवाद सृजना भएको छ ।
४. भीमदत्तले अनावश्यक रुपमा कर्मचारी नियुक्त गरेका तथ्यहरु सार्वजनिक हुन थालेका छन् । पछिल्लो समय भीमदत्तमा २६ जना कर्मचारी कार्यालय सहयोगीको रुपमा मात्रै रहेको तथ्य प्राप्त भएको छ । पार्टी कार्यक्रता देखि पत्रकार र एनजीओरआइएनजीओकर्मीहरुका आसेपासेलाई दैनिक ज्यालादारी देखि कार्यालय सहयोगी सम्मका लागि कर्मचारी नियुक्त गरिएका तथ्यहरु बाहिरीन थालेका छन् ।
भीमदत्तले अनावश्यक रुपमा पार्टी कार्यक्रता, पत्रकार, एनजीओरआइएनजीओकर्मीका आफन्त तथा आसेपासेहरुलाई कर्मचारी नियुक्त गर्ने गरेको गुनासो व्यापक रुपमा फैलिएको छ । घरमा बसिरहनेलाई समेत नगरपालिकाले ज्यालादारीमा कर्मचारी नियुक्त गरेको आरोप जनप्रतिनिधिहरुबाटै सतहमा आएको हो ।
५.मेला महोत्सव तथा जैविक मार्ग र जैविक मार्गमा गरिएको हाफ म्याराथनमा समेत अनियमितता गरिएका प्रश्नहरु खडा भएका छन् । जैविक मार्गमा भ्रष्ट्राचार भएको बिषयलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धानमा मुद्धा जारी रहेको छ । उक्त बिषयलाई अख्तियारले हेर्दै आएको छ ।भीमदत्तले पछिल्लो समयमा आयोजना गरेका म्याराथन देखि शुक्लाफाँटा पर्यटन महोत्सव सम्ममा चरम अनियमितताको संकेतहरु देखिएका छन् । नगरपालिकाले गरेका उक्त उत्सव तथा कार्यहरुमा पारदर्शिता देखिएको छैन् । प्रचारकालागि लाखौं खर्च गरिएपनि उपलब्धि भने शून्य सरह नै रहेको पाइन्छ ।
६.बालुवा गिट्टी संगै भीमदत्त नगरपालिकामा ग्राभेलमा समेत अनियमितता गरिएको संकेत पाइएको छ । यो संगै इन्धनमा पनि अनियमितताको आशंका गरिएको छ । इन्धनका नाममा नगरका जिम्मेवार व्यक्तिहरुबाट नै मासिक लाखौंको अनियमितता भएको स्रोतको दाबी छ ।
७. एक सूचनाका अनुसार शुत्रवार भीमदत्त नगरापलिकाको नगरपालिका कार्यपालिका बैठकबाट २९ ओटा मोटरसाइकल खरिद गर्ने निर्णय समेत गरिएको छ । स्रोतका अनुसार लाइसेन्स नभएका व्यक्तिहरुलाई समेत मोटरसाइकल उपलब्ध गराउनलागिएको हो ।
८. भीमदत्त नगरपालिकामा नगरप्रमुख बिष्टले एकलौटी रुपमा केहि बिधार्थीहरुलाई राजस्श्व संकलमा राखेको तथ्य प्राप्त गएको छ । स्रोतका अनुसार अखिल क्रन्तिकारी र अनेरास्ववियू संगठनका झण्डै १५ जना विद्यार्थीलाई राजस्व संकलनमा राखिएको पाइएको हो ।
उनीहरुलाई बिना रसिद राजस्व संकलन गर्नेका लागि राखिएको जानकारी प्राप्त भएको छ । भीमदत्त नगरपालिकामा पछिल्लो समय आर्थीक रुपमा अनियमितता भएका आवाजहरु तिव्र रुपमा उठ्दै आएका छन् ।