कञ्चनपुरसहित सुदूरपश्चिममा भुकम्पको धक्का महसुस

सोमवार ४ बजेर ३१ मिनेट जाँदा कञ्चनपुरसहित सुदूरपश्चिममा भुकम्पको धक्का महसुस गरिएको छ । धक्का महसुस भएपछि सर्वसाधारण घर छोडेर बाहिर सडकमा आएका थिए ।

अपरान्ह ४ बजेर ३१ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ५ .८ म्याग्निच्युडको रहेको थियो । भूकम्पको धक्का काठमाडौँसमेत छिमेकी राष्ट्र भारतसम्म महसुस गरिएको थियो ।

गत शुक्रबार राति रामिडाँडा केन्द्रिबन्दु भएरै ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पमा परेर १ सय ५३ जनाको मृत्यु भएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.