मेचीबाट १० औँ दिनमा महाकाली पुग्यो साईकल यात्रीको टोली

महेन्द्रनगर । कञ्चनपुरमा पुर्वमेचीदेखि शुरु गरिएको साईकल यात्रा मंगलवार पश्चिमी सिमानाका गड्डाचौकी पुगेर समापन गरिएको छ । कार्तिक ११ गते आफ्नो यात्रा सुरु गरेर मंगलवार १० औँ दिनमा कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीमा पुगेर समापन गरिएको हो ।

कार्तिक ११ गते मेचीको झापा काँकडभिट्टाबाट बिहान ८ बजेदेखी साईकल यात्राको सुरुवात गरिएको हिमालयन राईडर्स सोसाईटीका संस्थापक अध्यक्ष चेतनाथ आचार्यले बताए । स्वास्थ्य पर्यावरण र पर्यटनका निमित्त साईकल र विदेश पलायन हुन लागेका युवाहरुलाई नेपालमै काम गर्ने वातावरण बनाईदिन दवाव स्वरुप यो साईकल यात्राको आयोजना गरिएको हिमालयन राईडर्स सोसाईटीका संस्थापक अध्यक्ष आचार्यले बताए ।

आफनो साईकल यात्रामा ३६ देखी ६५ वर्षका १३ जना साथीहरुको सहभागिता रहेको र बिच बाटोमा सडक बिग्रिएका कारण केही धुलो माटोले समस्या भएको उनले बताए । आफनै खर्चमा मेची देखी महाकाली साईकल यात्राको व्यवस्था गरिएको उनले बताए ।

कसैले थाहा पाएर बिच बाटोमा स्वागत गर्ने खाना पानी खुावाउने गरेको भएपनि कसैले पनि आर्थिक सहयोग नपाएको माग नगरेको उनले बताए । अर्का साईकल यात्री एवम हिमालयन राईडर्स सोसाईटीका सचिव हेटौँडा १६ का लेखनाथ ढकालले बताए । साथै स्वस्थ्य रहन साईकल, वातावरण लाई स्वच्छ राख्न साईकल, पयौवरणलार्य जोगाई राख्न पनि साईकल भन्ने सन्देश दिन सचेतना दिन यो कार्याक्रमको आयोजना गरिएको उनले बताए ।

साथै सबैले वातावरण जोगाउँन पर्यावरणलाई जोगाई राख्न पनि साईकलको फाईदा रहेकोर पछिल्लो समय पेट्रोलको भाउ बढने, महँगो भएको अवस्थामा साईकलबाट कुनै पनि हानी नोक्सानी नहुने भएकाले पनि नव युवाहरुलाई साईकलको फाईदाको जानकारी दिन पनि यो साईकल यात्राको आयोजना गरिएको उनले बताए ।

यस्तै साईकल यात्रामा एकल महिला सहभागी हेटौँडा की सिता श्रेष्ठले पूरुष भन्दा महिलाहरु के कम गर्न सक्यो काम जे पनि गर्न सकिन्छ भनेर विगत ११ औ दिन देखी पूरुष दाजुभाईहरु संगै रहेर साईकल यात्रामा सहभागी जनाएको बताईन् । साथै आफुले यो दौरानमा बिभिन्न युवाहरुलाई साईकल चmाउन फाईदाहरु प्नि जानकारी दिएको उनले बताईन ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.