महेन्द्रनगर । कञ्चनपुरको पश्चिम सिमानाका गड्डाचौकी नजिक ८०५ /१ (७) नम्बर पिलर क्षेत्रबाटै सडक कालोपत्रे गरेपछि नेपाली पक्षले बिरोध जनाएका छन् । भारतीय पक्षले कञ्चनपुर स्थित सीमा क्षेत्रमा पिलरदेखि सडक कालोपत्रेको काम गरेपछि नेपाली पक्षले बिरोध जनाएका हुन् ।
भारतीय पक्षले गत सातादेखि नेपाल भारत कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डाचौकी स्थित ८०५/१(७)नम्बर पिलर क्षेत्रबाटै सडक कालोपत्रेको जारी राखेको छ । सिमा सुरक्षामा खटिएका शसस्त्र प्रहरीले सडक मर्मत सम्भार गर्ने भन्ने खबर गरेको बताए । उक्त क्षेत्रमा मर्मत सम्भार भन्दा पनी सडक चौडा बनाएर कालोपत्रे नै गरेको पाईएको छ ।
सीमावर्ती नेपाली भूभाग क्षेत्रमा नेपालबाट सडक निर्माण, कल्र्भट सहितका संरचना निर्माण गर्दा भारतीय पक्षले अनेकन बाधा अडचन गर्ने तर आफुले दशगजा मिलेर सीमापिलरसम्मै कालोपत्रे गर्ने भन्दै बिरोध जनाएका हुन् । आफ्नो सिमामा भएको मिचाई विवादलाई सम्बन्धीत पक्षले चासोका साथ हेरिनु पर्ने स्थानिय तेज रावतले बताए । नेपालले आफनै भुमीमा केही बनाउन खोज्यो भने भारतिय एसएसबीले रोक्ने विवाद गर्ने अवरोध गर्ने आफनो क्षेत्रमा विकासु गर्ने सडक बनाउँने कार्य ठिक नभएको उनले बताए ।
केही गत असारमा सोही क्षेत्र सीमावर्ती सडक हिलाम्मे भएपछि भीमदत्त नगरपालिका ११ नम्बर वडाले ग्राभिल हाल्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले अवरोध गरेको भीमदत्त नगरपालिका ११ का वडाध्यक्ष प्रकास थापाले बताए । सीमा क्षेत्रमा नेपाली पक्षले आफ्नै भूमिमा संरचना निर्माण गर्दा अवरोध गर्ने अनि दशगजा र सीमा पिलर क्षेत्रमै पुगेर सडक कालोपत्रे कार्य निन्दनिय भएको उनले बताए ।
‘हामीले गत असारमा यात्रुको समस्यालाई मध्य नजर गर्दै पिलरदेखि उत्तरतर्फ नेपाल जाने सडकमा ग्राभिल हाल्ने क्रममै भारतीय पक्षबाट अवरोध गरिएको थियो, ‘उनले भने, ‘आज आएर भारतीय पक्षले एकलौटी रुपमा सडक फराकिलो सहित कालोपत्रे गरिरहेको यस स्थानीय प्रशासनलाई मतलब नै छैन् ।’ स्थानीय युवा क्रान्तिकारी कम्युनिष्ट पार्टी कञ्चनपुरका नेता दिपेन्द्र सिह ऐरीले भारतीय पक्षले नेपाली भूमिमाथि गर्दै आएको हस्तक्षेपको निरन्तरता भएको बताए ।
उनले सीमा जस्तो सम्बेदनशिल क्षेत्रमा भारतीय पक्षबाट खुलेयाम सडक कालोपत्रे हुने र अनि नेपाली पक्षबाट आफ्नै भूमिका संरचना बनाउँदा अवरोध गर्ने भारतीय प्रवृति हस्तक्षेपको उपज भएको बताए । यस्ता राष्ट्रियताका विषयमा सबै दल नागरिक एकजुट हुनुपर्ने उनको सुझाव छ । भीनपा ११ भुजेलाकै स्थानीय तेज रावलले समेत सीमा पिलरदेखि नै कालोपत्रे गर्ने कार्य भारतीय पक्षले बलमिच्याई गरिरहेको भन्दै यसरी सीमा दशगजा क्षेत्रमा कालोपत्रे गर्ने कार्य गर्न नहुने बताए ।
उनले नेपाल सरकार, स्थानीय प्रशासनसंगको अनुमती बिनै उक्त कार्य गर्न नहुने बताए । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले पहिलाकै सडक मर्मत गरेको वा नयाँ बनाएको बारेमा थप बुझ्ने बताए । ‘हामीलाई भारतीय पक्षले पुरानै सडक मर्मत गरेको बारे सशस्त्र प्रहरी मार्फत जानकारी आएको छ, ‘प्रजिअ अधिकारीले भने, ‘नयाँ मर्मत वा निर्माण गरेको बारे थप बुझ्छौँ ।’
Comments are closed.