बाढीले बगाएको सीमा पिलर पुर्ननिर्माणको माग

महेन्द्रनगर । १० बर्षअघि महाकाली नदीमा आएको वाढीले नेपाल भारत कञ्चनपुरको एक सीमा पिलर पुर्ननिर्माणको स्थानीयले माग अघि सारेका छन । नेपाल भारत सीमा क्षेत्र कञ्चनपुरको भीमदत्त नगरपालिका ११ भुजेला चौकीसाता स्थित ८०५नम्बर सीमा पिलर पुर्ननिर्माणको स्थानीयले माग अघि सारेका हुन ।

मंगलबार भीमदत्त नगरपालिका ११भुजेला, चौकीसाता क्षेत्रका स्थानीयले सीमा पिलर पुर्ननिर्माणको माग अघि सारेर स्थानीयले प्रशासन मार्फत परराष्ट्रमन्त्रालयमा ज्ञापन पत्र बुझाएका छन । स्थानीय तेज रावलले २ असार ०७०सालमा महाकाली नदीमा आएको वाढीले मुख्य स्तम्भ बगाएपछि पुर्ननिर्माण नभएको भन्दै प्रशासन मार्फत परराष्ट्रमन्त्रालयमा ज्ञापन पत्र बुझाएको बताए ।

ज्ञापन पत्र बुझ्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल प्रशाद अधिकारीले उक्त सीमा पिलरको विषयमा सम्बन्धीत निकायको ध्यानाकर्षण गराएर पुर्ननिर्माणका लागि प्रशासनले आवश्यक पहल गर्ने बताए ।

सम्बन्धित

Comments are closed.