नेपाल बैंकका सेवाग्राहीहरुले १० प्रतिशत छुटमा सितल अस्पतालमा उपचार पाउने

महेन्द्रनगर । कञ्चनपुरमा रहेको सितल अस्पतालले नेपाल बैंक लिमिटेड कञ्चनपुर शाखाका सेवाग्राही र कर्मचारीलाई उपचारमा छुट दिने भएको छ । बिहिवार सितल हस्पिटल प्रा.लि. र नेपाल बैंक लिमिटेड कञ्चनपुर शाखा बिच १० प्रतिशत छुट दिने सम्झौता भएको हो ।

नेपाल बैंक लिमिटेड शाखा कार्यालय महेन्द्रनगरका प्रबन्धक महेशराज जोशी र सितल हस्पिटल प्रा.लि.का म्यानेजिङ डायरेक्टर रबिन्द्र कुवर बिच ग्राहक छुट बारे सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । अस्पतालको हलमा एक कार्यक्रमका बिच बैंक र सितल हस्पिटल प्रा.लि. बिच ग्राहक र कर्मचारीहरुलाई १० प्रतिशत छुट दिने सम्झौता भएको अस्पतालका म्यानेजिङ डाईरेक्टर रविन्द्र कुँवरले बताए ।

नेपालको पहिलो बैंक भएकाले आफू पनि बैंकको ग्राहक भएकाले उक्त ग्राहक योजना लागू गर्न लागेको उनले बताए । सेवाको भावना राखेर अस्पताल संचालन गरेको बताउँदै उनले बैंकका ग्राहकहरुले अस्पतालबा उपचार सेवा पायो भने आफुहरुले खुशी भएर समझौता अनुरुप छुट दिएर काम गर्ने बताए । सरकारको स्वामित्वमा रहेको सरकारी बैँकमा आफुले सेवा दिन पाउँदा यो अवसरलाई मनैदेखी कार्यान्वयन गर्ने अस्पतालका म्यानेजिङ डाईरेक्टर रविन्द्र कुँवरले बताए ।

उनले भने ’संझौता अनुसार नेपाल बैंकका ग्राहक तथा कर्मचारी र ग्राहकले अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट सुविधा अस्पतालबाट प्रदान गरिने सम्पूर्ण ओ.पि.डि. सेवा, ल्याव, भर्ना भई गरिने उपचार सेवा तथा अप्रेशनमा प्रदान गरिने छ । नेपाल बैंक लिमिटेड शाखा कार्यालय महेन्द्रनगरका प्रबन्धक महेशराज जोशीले सितल अस्पतालले बैंकका कर्मचारी र ग्राहकको स्वास्थ्य प्रती चिन्ता व्यक्त गर्दै सम्झौता गरेको प्रती धन्यवाद व्यक्त गरे,

अहिले आफनो बैँकमा २० हजार भन्दा बढी ग्राहकहरु रहेको उहाँहरुको स्वास्थ्य सदैव स्वस्थ रहोस भनेर कामना गर्दै, अचानक केही समस्या भईहाल्यो भने पनि थप उपचारका लगी अस्पतालमा जानु भयो भने पनि १० प्रतिशत छुटमा सेवा लिन सक्ने बताए । ‘नेपाल बैंक लिमिटेड शाखा महेन्द्रनगर सहित देशैभरीका कर्मचारी ग्राहकले सितल हस्पिटल प्रा.लि.मा उपचार गर्दा अब १० प्रतिशत छुट पाउने उनले बताए ।

बैकका शाखा प्रमुख जोशीले अब सम्झौता भइसकेको अनुरूप कर्मचारीले परिचय पत्र र ग्राहकले मोबाइल बैंकिङ, चेक सहितका बैंकको ग्राहक भएको परिचय खुल्ने प्रमाण पेश गर्नुपर्ने बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.