भीनपा १८ को अगुवाईमा ईको पार्कमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नम्वर १८ मा रहेको ईको पार्कमा सरसफाई गरिएको छ । बजार क्षेत्रको नजिक रहेको उक्त ईको पार्कमा विगतदेखी कुनै पनि सरसफाईको कार्यक्रम नभएको र वरपर पार्क भित्र फोहर भएको हुँदा शनिवार बिहान सरसफाई गरिएको हो ।

बिहान र साँझ उक्त पार्कमा कसरत गर्न व्यायम गर्न आउँने स्थानियहरुले पार्कमा फोहर बढेको भन्दै गुनाशो गर्न थालेपछि सरसफाई कार्यक्रम गरिएको पार्क व्यवस्थापन समितीका अध्यक्ष बिमल खडायतले जानकारी दिए । स्थानियहरु स्वस्थ हुनका लागी यो ईको पाकर्कमा आउँने तर यहाँ भएको फोहरले बिरामी हुने चिन्ता पार्कको सुन्दरता पनि हराएको अवस्थामा वडा कार्यालयको अगुवाईमा, नेपाली सेना, नेपाल प्रहरी, सामुदायिक प्रहरी, मन्त्र अस्पताल सशस्त्र प्रहरी, खेलाडी भाई बहिनी सामाजिक अगुवा लगायतको सहयोगमा पार्क सरसफाई गरिएको उनले बताए ।

पार्कमा कसरत गर्न व्यायाम गर्न खेल्नका लागि बिभिन्न सामग्रीहरुको व्यवस्था गरिएको भएपनि पाकैमा फोहर भएको हुँदा आफैलाई नराम्रो लाग्ने भएपछि वैठक बसेर अब देखी प्रत्येक शनिवार बिहान पार्कमा सरसफाई गर्ने निर्णय नै गरिएको उनले बताए । भीमदत्त नगरपालिका संगको समन्वयमा यो पार्कमा फुल बोटविरुवाहरु लगाएर यसको थप सौन्दर्यता बढाउने योजना रहेको उनले बताए ।

बिशेष गरी पार्क नजिकमा रहेका स्थानियहरुलाई पनि आगामी दिनमा पार्कमा सरसफाई कार्यक्रममा जोडने अभियान नै बनाएर काम गरिने वडा अध्यक्ष रविन्द्र प्रशाद देवकोटाले बताए । यो पार्क भनेको हाम्रो साझा सम्पत्ती हो यसको सरसफाई संरक्षण मर्मत सम्भार गर्ने हाम्रो दायित्व भएकाले संरक्षण सरसफाई र अन्य सौन्दर्यताको काम गरिने उनले बताए ।

विगतका जनप्रतिनिधीले यो पार्कको पहिले नै डिजायन बनाएर ७ करोड बजेट विनियोजन गरेर काम सुरुवात गराएको भएपनि अहिलेका जनप्रतिनिधीले खासै चासो नदेखाएको उनले बताए । महेन्द्रनगर बजारको मुटुमा रहेको यो पार्कलाई व्यवस्थीत बनाएर डिजायन बमोजिम काम गराउन आफु लगायत स्थानियहरुले पनि माग अघि सार्नु पर्ने बताए । अहिले आएर यो पार्कको बजेट नै कटौती गराएर यसको निर्माणमा बाधा हाल्ने काम नगर्न उनले आग्रह गरे ।,

साथैसबै स्थानिय आम नागरिक समाजसेवी सबैले यो ईको पार्कलाई सम्बर्धन मर्मत सम्भार सरसफाई गर्न सुबैको हातेमालोको आवस्यक्ता रहेको औँलाए । साथै अबका दिनमा प्रत्येक शनिवार बिहान ईको पार्कको सरसफाई गर्ने योजना अनुरुप सबैले साथ दिन वडा अध्यक्ष देवकोटाले आव्हान पनि गरे । यो सम्पत्ती सबैको साझा भएकाले यसको चिन्ता सबैले लिएर संरक्षण, सम्भार सरसफाई गरिदिन उनले आग्रह गरे ।

यस्तै, मन्त्र अस्पताल एण्ड रिसर्च सेन्टरका मेडिकल डाईरेक्टर डाक्टर गोविन्द रोकायाले यो अभियानले निरन्तरता पाउनु पर्ने बताए । आफनो अस्पताललले पनि प्रत्येक शनिवार बजार क्षेत्रका बिभिन्न ठाँउमा सरसफाई अभियान नै संचालन गरेर कार्य गरिरहेको अवस्थामा सबैले यो कार्य गर्नु पर्ने बताए । आफनो आँगन सरसफाई गर्ने अर्काको आँगनमा फोहर फाल्ने प्रबृत्तीको अन्त्य हुनुपर्ने उनले बताए ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.