महेन्द्रनगर । कञ्चनपुृरको वेदकोटमा रहेको वृद्धवृद्धाहरुलाई खाद्यन्न सहयोग गरिएको छ । हाल वैदेसिक रोजगारमा रहेका २ जना र एकजना युवा नेताले मिलेर बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रलाई खाद्यन्न सहयोग गरेका हुन् ।

ईभेन्ट ईन्टरटेन्मेन्ट एण्ड ट्राभल सोलुसन का प्रमुख धनगढि उपमहानगरपालिका ५ तारानगर हाल साइप्रस बस्ने सुवास मल्ल, मेलौलि ४ बैतडी हाल साइप्रसमै बस्ने केशब चन्द र नेकपा माववादीका युवा नेता नवराज ऐरले आफुले पसिना बगाएर कमाएको केही अंश वृद्धवृद्धाको सहयोगमा खर्च गरेको बताए ।
जिवनका बिभन्न चरणहरुमध्ये अन्तिम चरणतिर हिडिहरेका अमूल्य रत्न हुन हाम्रा जेष्ठ नागरिक ! समाज र राष्ट्रलाई सकारात्मक बाटोमा डोर्याउने मस्तिष्क हुन हाम्रा जेष्ठ नागरिक !! भन्ने मुल आशयलाई अंगिकार गर्दै भगवान रुपी आमा बुवाहरुलाई सहयोग गर्न पाउँदा आफुहरुलाई खुशी महसुस भएको उनीहरुले बताएका छन् ।

नेपालमा हुँदा पनि बिभिन्न सामाजिक कार्यमा सत्रि,य रहेको तिनै जनाले वैदेशिक रोजगारमा रहँदा पनि आफनो देशको माटोलाई माया गर्दा आफुहरुलाई सहयोग गरेको प्रती वृद्धवृद्धाहरुले तिनै जनालाई अर्शिवाद र खुशी भएको प्रतिक्रिया जनाएका छन् ।
उनिहरुले मसिनो चामल–१० कठ्ठा, दाल–१ कठ्ठा ,फलफुल–१ पेटि खाने तेल–५ लिटर, सहयोग गरेको नेकपा माववादीका युवा नेता नवराज ऐरले जानकारी दिएका छन् । उक्त कार्यक्रममा वेदकोट नगरपालिका ८ का अध्यक्ष महेश राज जोशी, वाई सिएल नेपालका केन्द्रिय सचिव नवराज ऐर, संस्थाका सचिव मानदेव जोशी, उधोग व्यापार महासंघ सचिव शिवराज पनेरु, कृष्ण बहादुर विष्ट, रमेश पार्की बहादुर सिंह विष्टको उपश्थिती रहेको थियो ।
Comments are closed.