शिखर बहुउद्देश्यीय सहकारी संस्थाको साधारण सभा सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । भीमदत्त नगरपालिका ४ महेन्द्रनगरमा रहेको शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको १८ औँ साधारण सभा सम्पन्न भएको हो ।

कार्यक्रममा आफनो भनाई राख्दै सहकारीका कोषाध्यक्षपंकज रावलले सहकारी संस्था सहकारी ऐन २०४८ अनुसार २०६३ साल फागुन २० गते दर्ता भएर हालसम्म निरन्तर रुपमा संचालनमा रहेको बताए ।यो संस्थाले स्थापना कालदेखी नै शुभ चिन्तकहरको साथ सहयोगले संस्था सन्तोषजनक रुपमा अगाढी बढेको बताए । हाल यो सहकारीमा २ हजार ८ सय ४५ जना शेयर सदस्य रहेको र २४ समुह, महिला शेयर सदस्य संख्या १हजार ५ सय ७० र पुरुष सदस्य संख्या १ हजार २ सय ७५ रहेको बताए ।

पदाधिकारीहरुले विभिन्न प्रतिवेदन प्रस्तुत गर्दै सहकारी बृद्धि विकास केन्द्रीत प्याकेजटमा जोडदिएका छन । सहकारी व्यवस्थापन दामोदर सिह धामीले साँगठानिक, कोषाध्यक्ष पकज रावलले आर्थिक प्रतिवेदन, अध्यक्ष नारायणदत्त पनेरुले बार्षिक प्रगति प्रतिवेदन र लेखा संयोजक डा. मोहन प्रसाद पन्तले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोषाध्यक्ष पंकज रावलले गत आर्थिक बर्ष २०७९÷०८० मा ४८ लाख, ९७ हजार, ३२ र चालु आर्थिक बर्ष २०८०÷०८१ मा ५३ लाख, ८६ हजार,३ सय रुपैया बराबरको प्रतिवेदन प्रस्तुत गरेका छन् । कोषाध्यक्ष रावलले यस पटक सहकारीले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाउने बताए । कार्यक्रममा संस्थाको बृद्धि विकासमा योगदान पु¥याउनेहरुलाई सम्मान गरिएको थियो ।

सहकारीका अध्यक्ष नारायणदत्त पनेरुको अध्यक्षतामा भएको कार्यक्तममा सहकारी बोर्ड नेफ्सकुनका प्रमुख माधव प्रशाद जोशीको प्रमुख आथित्यमा भएको थियो । कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य सहित, ग्राहकको सहभागिता रहेको थियो ।

सम्बन्धित

Comments are closed.