महेन्द्रनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहको सफलता पूर्वक सम्पन्न गरेको छ । कार्तिक २० गते सोमवारदेखी ट्राफिकको कार्यालयमा उदघाटन गर्दै कार्यक्रमको सुरुवात भएको थियो । आईतवार एक कार्यक्रमको आयोजना गर्दै सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताहको सफलता पूर्वक सम्पन्न भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरिक्षक नरेश विकले जानकारी दिए ।
उनले पहिलो दिन प्रभात फेरी दोस्रो दिन सवारी चालक, अटो चालकहलाई प्रशिक्षण दिईएको सडकमा ट्राफिक सचेतनासहितका बोर्डहरु स्थापना क्रस गर्ने बाटोमा जेब्रा क्रसिङ लाईन बनाईएको बताए । यस्तै, यातायात कार्यालयसंग समन्वय गरी सवारीसाधनको यान्त्रीक परिक्षण, लामो तथा छोटो दुरीका चालकहरुको स्वास्थ्य परिक्षण गरिएको जानकारी दिए ।
यस्तै, पर्चा पम्पलेट माईकिङ आदी कार्य एक हप्तासम्म गरिएको उनले बताए । प्रमुख अतिथी एवम कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले गरेको कार्य सराहनिय रहेको बताए । विगतका दिनमा पनि यस्ता जनचेतना मुलक कार्य हुँदै आएको भएपनि सप्ताहव्यापी मनाई रहँदा सबैलाई धेरै व्यक्तीहरु यसबाट लाभदायी भएको उनले बताए ।
सरकोकारवालाई ब्युझाउने, सचेत गराउने हातेमालो गराउने काम पनि यो सप्ताहव्यापी कार्यले अभियान स्थापित गरेको बताए । हामी आफैले नियमको पालना गरिदिनाले पनि धेर हद सम्म दुर्घटना कम हुने र हामी आफै पनि सचेत भएर सडकमा हिँडने, र पार्कीङ ठिक ठाँउमा राख्ने, पशु चौपायलाई पनि व्यवस्थित गरिदिने हो भने दुर्घटना न्युनिकरण हुने बताए ।
साथै हाम्रा सडकको अवस्था पनि दुर्घटनाको कारण रहेको बताए । साँघुरा सडक सडक मिच्ने प्रवृत्तीले गर्दा दुर्घटना बढने बताए । यस्तै कार्यक्रमका अध्यक्ष एवम ट्राफिक प्रहरी सुदूरपश्चिम प्रमुख प्रहरी उपरिक्षक नेत्रमणि गिरीले यो सप्ताहव्यापी गरिएको कार्य प्रती जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई उनले धन्यवाद व्यक्त गरे, साथै उनले सवारी साधन चलाउँदा आफनो सम्पुर्ण ध्यान सडकमा हुनु पर्ने र सबै साईड ऐनाहरुको पनि प्रयोग गर्नु पर्ने बताए ।
आफनो हातमा धेरैअन्य को पनि ज्यान रहेको छ भन्दै मनन गरेर सचेत भएर सवारी साधन हाक्न उनले आग्रह गरे, । साथै हामी सडकलाई प्रयोग गर्ने आम जनसमुदायहरुले पनि ट्राफिक नियमको पालना नगर्दा समस्या उत्पन्न भई दुर्घटना हुने बताए । साथै सडकलाई मिचेर संरचना निर्माण गरिनु, सडकमा सामुदायिक पशुचौपाय छोड्नुले पनि हरेक दिन दुर्घटनाको जोखिम रहेको उनले बताए ।
साथै हामीले प्रयोग गर्ने यातायातका सवारी साधनहरु निकै पुराना हुने, सवारी साधनलाई परिक्षण चेकजाँच नगर्ने भएर पनि दुर्घटना बढ्ने बताए । अहिले दुर्घटनाको अवस्था देशैभरमा बढी रहेको बेलामा सबैलाई सचेतना हुन आवस्यक रहेको र सबैले सचेत भईदिने हो भनेपनि दुर्घटना घटदै जाने उनले बताए ।