महेन्द्रनगर । युवा समाजसेवी बिनय प्रकाश मल्लले डडेल्धुरामा रहेको डडेल्धुरा अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल वितरण गरेका छन् । शुभ दिपावलीको पावन अवसरमा जय बाबा घटाल युवा कलबको समन्वयमा समाजसेवी मल्लले बिरामीहरुलाई फलफुल वितरण गरेका हुन् ।
आफनो ममतामयी आमा मार्फत उनले अस्पतालमा रहेका ३५ बढी बिरामीहरुलाई फलफुल वितरण गरेका हुन् । अस्पतालमा रहेका बिरामीहरुलाई उनिहरुको स्वास्थ्यको कामना गर्दै रोगबाट मुक्ती पाइ छिट्टै सन्चोको कामना सहित फलफुल वितरण गरिएको समाजसेवी मल्लले बताए । उनले अहिले डडेल्धुरामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटकिय क्षेत्र, मठमन्दिर निर्माण लगायत एकल महिला, बालबालिका, बिरामी उपचार नपाएकालाई सहयोग गरी स्वस्थ बनाउने काम गरेका छन् ।
उनले डडेल्धुरामा लाग्ने धार्मिक मेला महोत्सवमा पानी फलफुल,जुस ,प्रशादहरु निशुल्क वितरण गर्ने जल्लामा रहेको पुरातात्विक, ऐतिहासिक पर्यटकिय क्षेत्रका मठमन्दिरहरु निर्माण, मर्मत र मुर्तीहरु स्थापना गरेर सहयोग गरेका छन् । साथै उनले, मन्दिरहरुमा अक्षयकोषको स्थापना पनि गरेका छन् । जापानमा व्यवसाय गरिराख्नु भएका अमरगढी नगरपालिका–४ खलांगा निवासी समाजसेवी विननयप्रकाश मल्लको आर्थिक सहयोगमा डडेल्धुराका बिभिन्न सामुदायीक विद्यालयहरुमा अक्षय कोष स्थापना पनि भएका छन् ।
सामुदायीक विद्यालयमा अक्षय कोष स्थापना गरेर ब्याजवाफत प्राप्त हुने रकमबाट अति विपन्न, दलित र जनजाती समुदायका जेहन्दार विद्यार्थीहरुलाई बर्षेनी छात्रवृती प्रदान गरिने भएको छ । समाजसेवी मल्लले उपचार खर्चको अभावमा उपचार गर्न बञ्चित बिरामीहरुलाई पनि आर्थिक सहयोग गर्दै आउनु भएको छ । डडेल्धुरा जिल्लामा बिभिन्न सामाजिक गतिविधीहरुमा आर्थिक सहयोग चाहिएमा स्थानीयले मल्ललाई सम्झिने गरेका छन ।
जिल्लामा हालसम्म एक करोड भन्दा बढि रकम आर्थिक सहयोग गरिएको सामाजसेवी विनयप्रकाश मल्ल सहयोग युवा टिमका सदस्य खगेन्द्र ठकुराठीले जानकारी दिएका छन् ।समाजसेवी मल्लले जिल्लाको आर्थिक अबस्थामा सुधार ल्याउने उदेश्यले जापानमा काम गर्न निःशुल्क रुपमा भिषा उपलब्ध गराउन पनि सहयोग गरिरहनु भएको छ । जापानी भाषा र सिप सिकाएर जिल्लाका बेरोजगार युवाहरुलाई जापानमा रोजगारीको अवशर प्रदान गर्न सहयोग गरिरहेको र हालसम्म डडेल्धुरा जिल्लाबाट एक दर्जन बढि युवायुवतीहरु निःशुल्क भिसामा जापानमा रोजगारीका लागि पुगिसकेको मल्लले बताउनु भयो ।
गरिब तथा जेहन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र विद्यालय पोशाक समेत उपलब्ध गराउन थालिएको मल्लले बताउनु भयो । शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुराका प्रमुख नारदप्रसाद जोशीले समाजसेवी मल्लको सहयोगका कारण जिल्लाको शैक्षिक गुणस्तर उकास्न टेवा पुगिरहेको बताउनु भयो ।उँहाले समाजसेवी मल्लले शैक्षिक क्षेत्रमा मात्रै नभई सामाजिक विकासका क्षेत्रमा पनि उल्लेखनीय योगदान पुगाईरहनु भएको जानकारी दिनुभयो ।