जाजरकोटका भुकम्प पिडितलाइ चादनी ऐरको नेतृत्वमा सहयोग

महेन्द्रनगर । कञ्चनपुरबाट जाजरकोटका भुकम्प पिडितहरुलाई राहत सहयोग गरिएको छ । भीमदत्त नगरपालिका १८ की सामाजिक अभियन्ता एवम ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल नामक संस्थाको सस्थापक अध्यक्ष चाँदनी ऐरको टिमले कार्तिक १७ गते शुक्रवार राति आएको भुकम्पबाट पिडितहरुलाइ राहत सहयोग गरिएको हो । भुकम्पले प्रभाबित जाजरकोटका गाउँमा गएर सहयोग गरेका ऐरले बताएकी छन् ।

राहत वितरणमा ऐरको टिममा दिपक चौहान, कबिन्द्र ठकुल्ला, भागरती बडाल र चक्र सिंह सहितको टोलि रहेको थियो । भुकम्प जाजरकोट नलगाढ वार्ड न १, ५ र ७ मा मृत्यु भएका परिवार, एकल महिला, वृद्धवृद्धा, अनाथ र पुर्ण रुपमा घर क्षति भएका पीडित परिवारलाई सहयोग गरिएको हो । २ सय २५ पिडित परिवारलाइ स्वास्थ्य सामाग्री, चाउचाउ, चिउरा र तातो लुगा वितरण गरेका छन् । सुदुरपश्चिम क्षेत्रमा सामाजिक क्षेत्रमा खटिदै आएकि चादनी ऐरको टिम जाजरकोटको बिपत्तिमा पनि सहयोग गर्न पुगेका हुन् ।

उनिहरुले पिडितलाइ प्रत्यक्ष भेटेर सहयोग गरेका हुन् । दिपक चौहान, कबिन्द्र ठकुल्ला, चक्र सिंह, चादनी ऐरको पहलमा देशबिदेश बाट आएको सहयोग रकम बाट पिडित कहाँ राहत पुगाएको हो । तन्नु मगर, राम हरि थापा, यम बहादुर गुरुङ, गणेश ठगुन्ना, दिपेन्द्र बिष्ट, मनोज क्षेत्री, युवराज बम लगायत सहयोग गरेका थिए । उनि विगत लामो समय देखी सामाजिक सेवामा काम गर्दै आएकि छन् ।

शुदुरपश्चिम प्रदेशका जिल्लामा पुगेर पिडितका दुखपिडा मात्र नबुझेर सहयोग समेत गर्दै आएकि छन् । बझाङ्गमा गएको भुकम्प पिडितलाइ सहयोग गर्न अछाम र बाजुरा पुगेकी थिईन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.