ल्यापटप चोर्ने असईमाथि म्याद थप गरेर अनुसन्धान हुँदै

महेन्द्रनगर । सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) ले कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेपछि प्रहरीले म्याद थप गरेर अनुसन्धान गरिरहेको छ । ल्यापटाप चोरीको आरोपमा पक्राउ परेका रमेश भण्डारीमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको हो ।

तिहारको बिदामा उनी धनगढी पुगेका थिए । उनले कार्तिक २६ गते राति अस्पतालबाट ल्यापटप चोरेको सिसिटिभी फुटेजमा पनि देखिएको छ । धनगढी–३ घर भएका भण्डारी चोरी मुद्दा दर्ता भएर सात दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए । दार्चुलाको ४३ नम्बर गणमा कार्यरत भण्डारीलाई तालिमका लागि पोखरा पठाइएको थियो ।

चोरीपछि नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेकोमा सशस्त्रले नै असई भण्डारीलाई पक्रेर प्रहरीलाई बुझाएको थियो । उनको पहाड घर डडेल्धुरा रहेको बुझिएको छ ।

सम्बन्धित

Comments are closed.