धनगढीमा आगलागी हुँदा आठ पसलमा क्षती

महेन्द्रनगर । कैलालीको धनगढी उपमहानगरपालिका १ स्थित सारथि अस्पतालसगै जोडिएका आठ पसलमा आगलागी भएको छ। धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पतालसहितका पसलमा राति करीब १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।

दल बहादुर भण्डारीले संचालन गरेको भण्डारी जनरल स्टोरमा विद्युत सर्ट भएर आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। आगो भण्डारी जनरल स्टोरबाट सरेर टेकेन्द्र शर्माले संचालन गरेको मधुमाला देवी सप बेवी सपको गोदाम, बासुदेव भट्टले संचालन गरेको भट्ट सपिङ्ग सेन्टर ब्याग हाउस, जगत बहादुर बलायरले संचालन गरेको सुभिक्षादेवी सपिङ्उ सेन्टर कपडाको गोदाम, यसोदा साउदले संचालन गरेको न्यु सदिक्षा ईन्टरप्राईजेजी कपडा,जुत्ता,व्यागको गोदाम,

गौरी भण्डारीले संचालन गरेको भण्डारी सु –सेन्टर जुत्ता चप्पलको गोदाम, सारथी अस्पताल कैलाली र जानकी भट्टले संचालन गरेको भट्ट ट्रेडर्स एण्ड सप्लायर्स९व्याग हाउस०मा समेत पुगेर क्षति गरेको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणका लागि धनगढी उपमहानगरका २, गोदावरी नगरपालिकाको एक र पुनर्वास नगरपालिकाको एक गरि चार वटा दमकलसहित नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरी खटिएको छ। पूर्ण क्षतिको विवरण आइसकेको छैन।

 

सम्बन्धित

Comments are closed.