महेन्द्रनगर । जाजरकोटका भुकम्प पिडित हरुलाई राहत बितरण तथा पुनर्निर्माणका लागि कंचनपुर सहित सुदुरपश्चिमबाट २५ जना युवाको टोली जाजरकोट प्रस्थान गरेको छ । राहत सहित जाजरकोट प्रस्थान गरेको राष्ट्रिय युवा संघ सहित बिभिन्न जनसंगठनका २५ जनाको टोलीलाई नेकपा एमालेका केन्द्रिय सचिव एवं कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टले बिदाइ गर्नु भएको हो ।
नेकपा एमालेको केन्द्रीय कमिटीले जाजरकोटमा भुकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि १ हजार युवा परिचालन गर्ने निर्णय गरे अनुसार सुदुरपश्चिम बाट सुदुरपश्चिम प्रदेश कमिटी सदस्य मिन बहादुर सिंहको नेतृत्वमा टोली पठाइएको नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् कञ्चनपुर जिल्ला इन्चार्ज नारदमुनि रानाले बताउनुभयो ।
टोलीमा कंचनपुरबाट राष्ट्रिय युवा संघ नेपाल कंचनपुरका सह सचिव नरेन्द्र बिष्टको नेतृत्वमा ७ जना युवाहरु जाजरकोट प्रस्थान गरेको राष्ट्रिय युवा संघ नेपाल कंचनपुरका अध्यक्ष दिनेश बिष्ट डिबिले बताउनुभयो।