पत्रकार एंवम कौसिबारीका अभियन्ता धामीले निशुल्क कपडा उपलब्ध गराउने

महेन्द्रनगर । कञ्चनपुरका पत्रकार एंवम कौसिबारीका अभियन्ता धन सिह धामीले एकदिने अर्थात नव आगन्तुक शिशुलाई निशुल्क कपडा उपलब्ध गराउने भएका छन् । भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको पुरानो मिनि मार्केटमा रहेको आफनै पसलबाट नव आगन्तुक शिशुलाई निशुल्क रुपमा एक जोड लुगा उपब्ध गराउने भएका हुन् ।

पसलमा आउँनेहरुलाई सुफत मुल्यमा अनय कपडाहरु पनि उपलब्ध गराईने र नव आन्गतुक शिशुलाई निशुल्क रुपमा लुगा दिईने पत्रकार एंवम कौसिबारीका अभियन्ता धन सिह धामीले बताए ।

यो चिशोमा आफनो तर्फबाट शिशुहरुलाई सामाजिक उत्त।दायित्व अन्तरगत आफुले सानो सहयोग गरेको बताए । नव आगन्तुक शिशु हो वा होईन भनेर पूर्णरुपमा एकिन भएपछि मात्रै कपडा उपलब्ध गराईने उनले बताए ।

पत्रकार एंवम कौसिबारीका अभियन्ता धन सिह धामीले निशुल्क रुपमा ड्रागन फलका विरुवाहरु पनि वितरण गर्दै आएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.