सुदूरपश्चिमका भूकम्प प्रभावित २ जिल्लालाई ३९ करोड रुपैँया निकाशा

महेन्द्रनगर । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भूकम्प प्रभावित परिवारको अस्थायी आवास निर्माणका लागि पहिलो किस्ताको रकम निकासा गरेको छ । सुदूरपश्चिमका दुई जिल्ला बझाङ र बाजुराका लागी पनि रकम निकासा गरिएको छ ।

बझाङका लागि २५ करोड, बाजुराका लागि १४ करोड गरी दुवै जिल्लाका लाग ि३९ करोड रुपैँया निकासा गरिएको छ । सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुको नाममा उक्त रकम सोमबार) निकासा भएको हो । जाजरकोट र पश्चिम रुकुमका लागि ५०–५० करोड, र सल्यानका लागि दुई करोड गरी जम्मा एक अर्ब ४१ करोड निकासा भएको हो ।

प्राधिकरणले निकासाबारेको बोधार्थ गृह मन्त्रालयमा पठाएको छ । कम्पबाट प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान दिने कार्यविधि, २०८० जारी भएसँगै संघीय सरकारले भूकम्प प्रभावितलाई अनुदान दिने प्रति घरधूरी ५० हजार रुपैयाँमध्ये पहिलो किस्ता सोमबार नै निकासा गर्न उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राधिकरणलाई निर्देशन दिएका थिए ।

उक्त रकम स्थानीय तहमा तुरुन्तै पठाउन र प्रभावकारी कार्य सम्पादन गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई परिपत्र समेत भइसकेको छ ।

भूकम्प प्रभावितले स्थानीय तहमा गएर अनुसूची अनुसारको निवेदन दिए लगत्तै पहिलो किस्ता २५ हजार रुपैयाँ पाउने प्रबन्ध गरिएको छ । साथै निर्माण सम्पन्न भएपछि दोस्रो किस्ता २५ हजार रुपैयाँ निकासा हुनेछ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.