वेदकोटमा २ दिने गहुँबाली उत्पादन तालिम संचालन

महेन्द्रनगर । वेदकोट नगरपालिकामा कृषकहरुलाई गहुँबाली उत्पादन तालिम संचालन गरिएको छ । वेदकोट नगरपालिका ७ गाउजीमा रहेको वैजनाथ महिला बहुउद्येश्यीय सहकारी संस्था लिमिटेडको आयोजना र वेदकोट गरपालिकालको सहयोगमा २ दिने गहुँबाली उत्पादन तालिम संचालन गरिएको हो ।

स्थानिय कृषकहरु २४ जनालाई गहुँबालीको उत्पादनलाई कसरी राम्रो बनाउँन सकिन्छ, उत्पादनमा कसरी वृद्धी गर्न सकिन्छ, बढी नाफा कसरी गर्ने, वालीको हेरचाह कसरी गर्ने लगायतका विषयमा तालिमको आयोजना गरिएको सहकारीका अध्यक्ष मञ्जु सिंहले जानकारी दिईन् ।

उन्नत रुपमा गहुँको उत्पादन गर्न आफना पकेट क्षेत्रका किसानहरुलाई बिभिन्न प्राविधीक विषयमा पनि छलफल हुने, तालिममा सिकेका कुराहरुलाई आफना परिवारका अन्य सदस्यहरुलाई पनि जानकारी दिने हो भने सबैले सिप सिकेर प्रविधिक कुरा जानेर आफनो खेतमा लागुगर्न सक्यो भने मनग्य आम्दानी उत्पादन मा वृद्धी हुने उनले बताईन् ।

वेदकोट नगरपालिका कृषी शाखा प्रमुख देवराज बडुले गहुँ पकेट कार्यक्रम निरन्तरता अन्तरगत गहुँ उत्पादन उत्पादकत्व वृद्धी गर्न यो तालिमको आयोजना गरिएको बताउ । पालिकाले ७ दिने सुचना निकालेर सहकारी अन्तरगतका २४ जना किसानहरुलाई २० हेक्टर जमिनमा गहुँ उत्पादन र उत्पादकत्व वृद्धी गर्ने अभियान अन्तरगत सम्झौता भएको उनले बताए ।

विेष गरेर गहुँ उत्पादनलाई कसरी बढाउन सकिन्छ, कुन कुन कुरामा ध्यान दिने ? विषादीका कुराहरु, झारपात व्यवस्थापन लगायतका विषयमा २ दिने तालिममा जानकारी प्रदान गरिने उनले बताए । बालीमा कृषी औजारमा पालिकाले सहयो गर्ने र उत्कृष्ट किसानलाई अहिले प्रदेश सरकारले नगदसहित सम्मान पनि गर्ने भएकाले आफनो जमिनमा मिहिनेत गरेर तालिममा सिकेको कुराहरु लागु गरी बढी भन्दा बढी गहुँ उत्पादन गर्नेमा आmु विश्वस्त रहेको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथी एवम कार्यपालिका सदस्य तारा डगौराले पालिकाले लगाएको लगानीको उचित मुल्याङकन गरी तालिममा सिकेका कुराहरुलाई परिवारका अन्य सदस्यहरुलाई पनि सिकाई आफनो जमिनमा गहुँको उत्पादन लाई बढाउनु पर्ने बताईन् । साथै पुराना तरिकाहरु भन्दा नयाँ नयाँ प्रविधी तरिका सिकेर काम गरेमा बढी उत्पादन हुने उनले बताईन् ।

 

सम्बन्धित

Comments are closed.