महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले वृद्ध महिलाको हत्या आरोपमा संलग्नलाई सार्वजनिक गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ७ शान्तीपुर की ६५ वर्षिया नारुदेवी जोशी घाँस काटन गएको बेलामा उनको हत्या गरेर फालिएको अवस्थामा शव फेला परेको थियो ।
उक्त घटनामा संलग्न मुख्य आरोपी सोही ठाँउका वर्ष २० का महेस डङौरा र अन्य वृद्धा महिलाको लुटिएको सुन बेच्ने र खरिद गर्ने ५ जना गरी ६ जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पत्रकार सम्मेलन गर्दै बिहिवार सार्वजनिक गरेको हो । सुन बेच्नेमा कैलालीका लक्ष्मण चौधरी, निरज भट्ट, सुन खरिद गर्ने न्यु बर्दादेवी सुनचाँदी पसलका ईन्द्र बराल, न्यु दिया सुनचाँदीका पसलका खगेन्द्र बहादुर सोव, सुजल सुनचाँदी पसलका दिपेन्द्र सिजापती रहेका छन् ।
मृतक जोशीले लगाएको सुनका गहनाका कारणले नै उनको हत्या भएको देखिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिएका छन् । आरोपीत महेश लागुऔषध प्रयोगकर्ता रहेको अनुसन्धानले देखाएको उनले बताए । आरोपीतले सोही दिन भारतिय तरकारी व्यापारीलाई कुटपिट गरी २ सय ५० रुपैँया पनि लुटेको पाईएको र सोही दिनदेखी उनी फरारा रहेको अनुसन्धानले देखाएको छ ।
कार्तिक १९ गते अन्दाजी दिउँसो २ बजे जंगलमा घाँस काटन जाँदै गरेको आरोपी महेसले देखेको, र मृतक महिलाको पिछा गर्दै जाँदा म घाँस काटिदिन्छु भन्दै हातबाट हसिया लिएको र तपाँईले लगाएको गहना सक्कली हो की ? नक्कली हो ? भनेर सोधे पछि ती महिला चिच्याउँदा आरोपी महेस मुख थुनेर घाँटी च्यापेर मारेको देखिएको बयानमा आरोपीले स्विकार गरेको उनले बताए ।
वृद्धाको मृत्यु भएको एकिन गरे पश्चात उनले लगाएका सबै गहना लुटेर लगेको र सोहीदिन अटोमा चडेर धनगढी गएको अनुसन्धानबाट खुलेको छ । निज आरोपीत महेशले हत्या गरेकै दिनमा कैलालीको बोराडाँडी भाटभटेनी नजिक एलएक्स क्लब संचालक कैलारी गाउँ १३ का आफनो पूर्व चिनजानका लक्ष्मण चौधरीलाई सुन बेच्न सहयोग मागेपछि निरज भट्ट पनि सुन बेच्नेमा संलग्न रहेको देखिन्छ, उनले नाकाको फुली, कानको मुन्द्रा बेचेको पसलमा राखिएको सिसिटिभीमा कैद भएको छ ।
बेचेको रकम हात पारेपछि आरोपीत महेश नेपालगञ्जबाट मुम्बई हुँदै बेग्ङलौर पुगेको र कार्तिक ३० गते पुनः धनगढी पुगेर फेरी आफु संग रहेको सुन बेचेर भरात तर्फ गएको अनुसन्धानबाट देखिएको छ । उनलाई परिवारको समन्वयमा मंसिर १ गते शुक्लाफाँटा नगरपालिकाको झलारी बजारबाट पक्राउ गरिएको थियो । मृतकका छोरा मोहनराज जोशीले कर्तव्य ज्यान तथा लुटपाट शिर्षकमा जाहेरी दिइृ अदालतबाट १० दिनको म्याद थप गरि अनुसन्धान भईरहको एसपी कमल थापाले बताएका छन् ।
Comments are closed.