महेन्द्रनगर । कञ्चनपुरमा कुर्सीबाट लडेर गम्भीर घाइते भएका एक शिक्षकको मृत्यु भएको छ । बेलडाँडी गाउँपालिका–५ स्थित गणेश माध्यमिक विद्यालयका शिक्षक शंकर चिमाडीको आज मृत्यु भएको हो ।
गत ४ गते विद्यालयमा पढाउने बेला कुर्सीबाट लडेर टाउकोमा चोट लाग्दा गम्भीर घाइते भएका उनको नवजीवन अस्पताल धनगढीमा उपचार भइरहेको थियो ।
उनको आज विहान ६ बजेतिर मृत्यु भएको बताइएको छ । यसैबीच, बेल्डाँडी गाउँपालिकाले बिहिवार शोक बिदा दिएको थियो । पालिकाले श्रद्धाञ्जली अर्पण गर्दै शोक बिदा दिएको हो ।
Comments are closed.