महेन्द्रनगर । सुदुरपश्चिम प्रदेश सरकारका भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले मुक्त कमैया, कमलह्री र हलियाका समस्याको दिगो समाधानका लागि प्रदेश सरकारले कानुन नै वनाएर सदाका लागि समाधान गर्न लागिपरेको वताए ।
कन्चनपुरको बेदकोट नगरपालिका वडा नं. ५ धरमपुर मुक्त कमैयावस्तीमा आयोजितअन्तरक्रिया कार्यक्रममा मन्त्री चौधरीले मुक्त कमैयाका गुनासो सुन्ने क्रममा उक्त कुरा वताएका हुन् । मन्त्री चौधरीले हाल सम्म जग्गा धनी प्रमाण पुर्जा नपाएका मुक्त कमैयाहरुलाई भुमी आयोग मार्फत छिट्टै लालपुर्जा दिने तयारी भईरहेको वताए ।
मन्त्री चौधरीले प्रदेश सरकरा मुक्त कमैया, हलिया, कमलह्री लगायतका विपन्न समुदायलाई कृषि व्यवशायका लागि विभिन्न कार्यक्रम तथा अनुदान उपलव्ध गराउने वताए । अनौपचारिक रुपमा भएको कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षण रेसम चौधरीले आफु सानै उमेरदेखि कमैयासंग वसेको हुँदा आफुले कमैयाका समस्याको विषयमा राम्ररी जानकार रहेको वताए ।
त्यसैले आफुले कमैयाका विविध समस्या तथा भावना समेटेर कमैया चलचित्र समेत निर्माण गरेको स्मरण गर्दै आफुले नागरिक उन्मुक्ति पार्टीवाट संघीय सरकारका भुमी व्यवस्था तथा सहकारी मन्त्री रञ्जिता चौधरीलाई पनि मुक्त कमैया लगायत भुमीहिनहरुको समस्या यथाशिघ्र समाधानका लागि निर्देशन दिएको वताए । नागरिक उन्मुक्ती पार्टी कुनै जातको नभएर समग्र उत्पिडित नागरिकको रहेको वताए ।
कार्यक्रममा नेपाल मुक्त कमैया समाजका महासचिव घाँसीराम रानाले कमैया मुक्तिको २३ वर्ष भईसक्दा समेत कतिपय मुक्त कमैयाले अझै पनि जग्गा धनी प्रमाण पुर्जा नपाएको, बैंकले मुक्त कमैयाको जमिन धितो लिन नमानेको, मालपोत कार्यालयले जग्गा नामसारी गर्न नमानेको तर अदालतको फैसलावाट भने जग्गा नामसारी भईरहेको वताए ।
कार्यक्रममा मुक्त कमेया रमा चौधरी, प्यारी चौधरी लगायतले मुक्त कमैयाहरु सहकारी तथा लघुवित्तवाट निकै पिडित रहेको सुनाईन् । उनले मुक्त कमैया, कमलह्रीको कुरा उठ्ने गरेको तर बुकरहीको विषयमा भने कसैले कुरा नउठाएको वताईन् ।
कार्यक्रममा शुदुरपश्चिम प्रदेश सभा सदस्य गंगा गिरी, कैलास चौधरी, नेपाल रानाथारु समाज कन्चनपुरकी अध्यक्ष प्रमवती राना, नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डित लगायतको उपस्थिति रहेको थियो ।