श्री बेताल खाद्य स्टोरका सन्चालिका भट्टले जन्मदिन अनाथालयमा मनाईन्

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ गलि नं ३ मा रहेको बेताल खाद्य स्टोर तथा सप्लायर्सका सन्चालिक खगेश्वरी भट्टले आफ्नो जन्मदिन अनाथालय मनाएकी छन् । उनले आफनो ४१ ओं जन्मदिनको अवसरमा अञ्चल बाल अनाथालयमा रहेका बालकहरुलाई खाद्यन्न समान वितरण गर्नुको साथै खिर, पुरी खुवाएर मनाएकी छन् ।

कार्यालय प्रमुख दिवाकर भट्टले समाज सेवा पुण्य कार्य भएकोले यस्तै समाज सेवामा लगानी गरे अनाथ आश्रममा रहेका बालबालिकाको सहयोगी भावना जागृत गर्न र प्रोत्साहित पनि हुने बताए । तडक भडकका साथ जन्म दिन मनाएर खर्च गर्नु भन्दा अनाथलयमा रहेका बालकहरु सँग मनाउदा बेग्लै आनन्द आएको बताउनु भयो ।

यसरी बालकहरुलाई सबैले आफ्नो जन्मदिनको अवसर होस वा कुनै कार्यक्रममा सबैले सहयोग गरे उनीहरुलाई पनि माया पाएको र एक छाक भए पनि मिठो खाना खान पाउने बेताल खाद्य स्टोर तथा सप्लायर्सका सञ्चालिका भट्टले बताइन्।

सम्बन्धित

Comments are closed.