महेन्द्रनगर । कञ्चनपुरकी सामाजिक अभियन्ता चादनी ऐरले दोस्रो पटक भुकम्प पिडितका लागी राहत सामग्री जाजकोटमा वितरण गरेकी छन् । सुदुरपश्चिम सेवा समाज माल्टा र लोक कल्याणकारी सेवा ट्रष्ट कञ्चनपुरको सहयोगमा ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल नामक संस्थाले राहत सामाग्री सहयोग गरेको हो ।
ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालकी अध्यक्ष समेत रहेकी कञ्चनपुरकि समाजसेवी चादनि ऐर र प्रवेश केसिको समन्वयमा नलगाढ नगरपालिका वडा ७ का स्थानीय समाजसेवी महेश सिंहको सहजीकरणमा राहत सामग्री जाजरकोटमा रहेका भुकमप पिडितहरुलाई वितरण गरिएको हो ।
कार्तिक १७ गते गएको बिनासकारी भुकम्पमा परि प्रभावित भएका जाजरकोटको नलगाढ नगरपालिका वडा नं ४ का करिब ९० परिवारलाई ,घर घर बस्ती बस्तीमा गएर प्रत्यक्ष पीडित परिवारहरुलाई सहयोग गरीएको समाजसेवी एवम् ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपाल ऐरले बताईन् । पहिलो चरणमा मृत्यु भएका परिवार, दोस्रो चरणमा अशक्त अपांग , तेस्रो चरणमा एकल महिला ,बृद बृर्दा, अनाथ बच्चा र चौथो चरणमा पुर्ण क्षती भई घर ध्वस्त भएका पीडित परिवारलाई प्रत्यक्ष राहत बितरण गरिएको उनले जानकारी दिईन् ।
यस अघि पनि सुदुरपश्चिम सेवा समाज माल्टाले बझाङ भुकम्प पीडित परिवारहरुलाई राहत सहयोग गरेको थियो । नेपाली युवाहरू मिलेर बनाएको सानो कमेटी द्वारा खाजा खर्च बचाएर सुदुरपश्चिम सेवा समाज माल्टाबाट थुप्रै दुखी, गरिब, पीडित मात्रै नभएर भुकम्प पीडितलाई पनि अहिलेसम्म सहयोग गर्दै आएको छ ।
ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालकि अध्यक्ष चादनी ऐरले सुदुरपश्चिम सेवा समाज माल्टालाई धन्यवाद सहित अगामी दिनहरूमा पनि सहयोगको अपेक्षा गर्नुभएको छ ।
Comments are closed.