सामाजिक विकास कार्यालय कञ्चनपुरद्धारा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

महेन्द्रनगर । सामाजिक विकास कार्यालय कञ्चनपुरले आर्थिक वर्ष २०८०÷८१ को वार्षिक बजेट तथा कार्यक्रम सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । आफ्ना योजनाहरुको वार्षिक वजेट, योजना सम्पन्न भएका विवरण कुन पालिकामा कती योजना रहेको ? सम्पन्न भएको योजना, त्यसको लगानी सबै विषयमा छलफल भएको हो ।

उक्त कार्यक्रममा कञ्चनपुरमा रहेका ९ वटै पालिकाबाट प्रमुखहरु, उपप्रमुख शिक्षक, समाजसेवी, अपाङगताको क्षेत्रमा काम गर्ने व्यक्ती, सुरक्षा निकायका प्रतिनिधी, टोल विकासका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो । सामाजिक विकास कार्यालय कञ्चनपुरका निमित्त प्रमुख धर्मराज जोशीले प्रदेश सरकारको २०८०÷८१ को वार्षिक बजेट तथा कार्यक्रमको जिल्लामा रहेको सबै सरोकारवाला निकायसंग जानकारी प्रदान गरिएको बताए ।

विषेस गरेर कार्यक्रमहरु कसरी कार्यान्वयन गर्ने ? कार्यान्वयन प्रक्रिया के हो ? बजेटहरु कती छ ? स्थानिय तहहरुले कुन कुन क्षेत्रमा कसरी सहयोग गर्ने भन्ने विषयमा जानकारी दिन पनि यो कार्यक्रमको आयोजना गरिएको बताए । साथै, कार्यालयले कुन कुन क्षेत्रमा समन्वय गर्न सक्छ भन्ने विषयमा कार्यक्रम कार्यान्वयन गर्दा एकरुपता यसको बुझाईमा एकरुपता, कार्यक्रम गर्दा एकरुपता कसरी गर्न सकिन्छ भनेर जानकारी दिइएको बताए ।

साथै अहलिे माथीबाटै बजेट कटौती हुँदा समस्या भएको बताए । गत आर्थिक वर्षमा २८ करोडको बजेट सिलिङ पाएको अवस्थामा यो वर्षमा ७ करोड मात्रै बजेट आएको भएर बिभिन्न योजनाहरु अधुरो कार्यक्रमहरु पनि घटेर आएको बताए । गत वर्षमा ४९ वटा २ कोठे भवन निर्माण गरिएको भएपनि यो वर्षमा १२ वटा मात्रै २ कोठे भवन निर्माण गरिएको सामाजिक विकास कार्यालय कञ्चनपुरका निमित्त प्रमुख धर्मराज जोशीले बताए ।

अहिले योजना मागहरु पनि बढी रहेको बेलामा प्रदेश सरकार संग स्थानिय सरकारसंग स्थानिय स्रोत र साधनको अधिकतम उपयोग गरी आवस्यक्ताका आधारमा, योजनाको दिर्घकालिन स्थायित्वका आधारमा, औचित्यका आधारमा बजेट निर्धारण गरियो भने पनि बजेटको सदुपयोग गर्न सकिने बताए । साथै योजना बैँक निर्माण गरेर योजना छनौट गर्ने हो भने, निश्चित रुपमा काम सहजरुपले गर्न सकिने सामाजिक विकास कार्यालय कञ्चनपुरका निमित्त प्रमुख जोशीले बताए ।

सहभागीहरुले बजेट तथा योजनालाई समान रुपमा सबै पालिकामा पुग्ने गरी व्यवस्थापन योजना बन्नु पर्ने बताए । पछिल्लो समय पहुँचका भरमा भनसुनका भरमा योजना बजेटहरु पालिकामा जान थालेको प्रती दुख व्यक्त गरे , समान रुपमा योजना बजेटहरु पालिकामा जानु पर्ने सहभागहिरु भनाई रहेको थियो ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.