ओसिस मन्टेश्वरीमा डेढ महिने मन्टेश्वरी तालिम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा रहेको ओसिस मन्टेश्वरीमा सुरु भएको डेढ महिने मन्टेश्वरी तालिम सम्पन्न भएको छ । व्यवसाय विकास तथा परामर्श केन्द्र कैलालीको आयोजनामा कञ्चनपुरका १४ जना महिलाहरुलाई मन्टेश्वरी तालिम प्रदान गरिएको थियो ।

४५ दिनमा बिभिन्न कला अध्यापनका विषय सानानानी बाबुहरुको मनस्थ्तिीलाई कसरी बुझन सकिन्छ भन्ने कुराहरु तामिबाट सिकेको भीमदत्त नगरपालिका १६ की हेमा भट्टले बताईन् । साथै पढाईका विषयहरुमा कसरी काम गर्न सकिन्छ भन्ने कुराहरु आफुले सिकेको बताईन् ।

विगतमा १३ औँ समुहलाई सफलता पूर्वक तालिम दिईएको र यो १४ औँ समुह रहेको प्रशिक्षक एवम ओसिस मन्टेश्वरीका प्रिन्सीपल सरस्वती भट्टले जानकारी दिईन् । विगतका दिनमा पनि व्यवसाय विकास तथा परामर्श केन्द्र कैलालीले आयोजना गरेका तालिमबाट डेढ सय बढी महिलाहरुले स्वरोजगार भएर बिभिन्न मन्टेश्वरीमा आफनो सिप कला दक्षता प्रस्तुत गरेर अहिले काम गरिरहेको बताईन् ।

यो तालिमले घरमा बसेका महिला दिदिबहिनी हरुलाई सिप ज्ञानमा दक्ष बनाएर उनिहरुलाई स्वरोजगार तर्फ लैजाने योजना अनुरुप तालिमको आयोजना गरिएको बताईन् । घरको काम पनि गर्न सकिने फुर्सदको समयमा काम गरेर रोजगार पाएर केही कमाई गर्ने वातावरणको निर्माण भईरहेको उनले बताईन् । अहिले मन्टेश्वरीमा बढी महिलाहरुको आर्कषण रहेको बेलामा यो तालिमले महिलाहरुलाई विषेश योगदान दिने ओसिस मन्टेश्वरीका संस्थापक सबिना भट्टले बताईन् ।

तालिमबाट उत्कृष्ट भएकाहरुलार्य आफनै मन्टेश्वरीमा पनि रोजगार दिएर उनिहरुको दक्षताको सम्मान गरेको बताईन् । व्यवसाय विकास तथा परामर्श केन्द्र कैलालीका प्रशिक्षकधुम अधिकारीले शैक्षिक बेरोजगार महिलाहरुको लागी देशैभरमा तालिम संचालन गरिएको बताए । अहिले दुई चरणमा तालिम रहेको पहिलो बेसिक दोस्रो डिप्लोमा कोर्स रहेको उनले बताए । तालिमबाट सानो नानी बाबुलाई कसरी पढाउने ? कसरी उनिहरुको ईच्छा आकाक्षालाई बुझेर काम गर्ने ? भन्ने तालिमबाट सिकार्य गराउने गरेको बताए ।

साथै उनिहरुलाई सिप सिकाएर विषयवस्तु समेटेर नै तालिमको विषय वस्तु निर्माण गरिएको बताए । यस्तै कार्यक्रमका प्रमुख अतिथी भीमदत्त नगरपालिकाका नगर उपप्रमुख निलम लेखक जोशीले यस्ता तालिमले महिलाहरुलाई आत्म निर्भर बनाउने, आम्दानी गर्न सक्ने परिवारलाई पनि सहयोग गर्ने महिलाको निर्माण गर्ने बताईन् ।

आफनो खर्चका लागी पनि परिवारसंग हात थाप्नु पर्ने बाध्यताको अन्त्य पनि हुने बताईन् । साथै पालिकाले पनि अबका दिनमा कसरी यस्तै तालिमको आयोजना गर्न सक्छ भन्ने विषयमा आफु गम्भिर भएर लाग्ने बताईन् । राज्यले गर्नुपर्ने कार्यलाई मन्टेश्वरीले गरेको देख्दा खुसी भएको बताईन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.