कञ्चनपुरमा १६ दिने अभियान सचेतना मुलक कार्यक्रम गरी मनाईयो

महेन्द्रनगर । कञ्चनपुरमा पनि लैङ्गिक हिंसा बिरुद्ध को १६ दिने अभियान सचेतना मुलक कार्यक्रम गरी सुरुवात गरिएको छ । जिल्लामा रहेका ९ वटै पालिकाले बिभिन्न कार्यक्रमहरु गरी अभियानको सुरुवात गरेका छन् ।

“लैगिंक हिंसा अन्त्यको सुनिश्चता महिला र बालबालिकामा लगानीको एक्कबद्धता तथा हिंसा नगरौं, हिंसान सहेर नबसौं र हिंसा भएको देखेमा प्रतिकार गरौं” नारा सहित यो अभियानको सुरुवात भएको छ ।

यस्तै, भीमदत्त नगरपालिकाको आयोजनामा पनि बिभिन्न कार्यक्रमको आयोजानगरी अभियान मनाईएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियानको शनिवार पहिलो दिनको समुदघाटन नगर उपप्रमुख निलम लेखक जोशीको अध्यक्षतामा गरिएको छ भने, जिल्ला समन्वय समिति का प्रमुख दुर्गा प्रशाद बोहराको प्रमुख आतिथ्यतामा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, जिल्ला समन्वय समितिका उप प्रमुखको बिशिस्ट आतिथ्यतामा कार्यक्रम गरिएको छ ।

भीमदत्त नगरपालिका ले १६ दिने अभियान को पहिलो दिन विभिन्न राजनिती दल ,संघ सस्था , प्रहरी , पत्रकार सरोकारवाला निकायहरुको उपस्थितिमा पहिलो दिनको कार्यक्रम सुरुवात गरिएको हो । दोस्रो दिन देखि प्रत्येक बडाहरुमा जनप्रतिनिधि, टोल बिकास समिती वडाका विभिन्न सरोकारवालाहरुको उपस्थितिमा सो अभियान लाई निरन्तरता दिईने नगर उप प्रमुख लेखकको भनाई रहेको छ ।

महिला हिंसा विरुद्ध १६ दिने अभियानमा मात्र सिमित नभएर भीमदत्त नगरपालिकाले महिला हिंसा न्यूनीकरणका लागि निरन्तर रुपमा कार्यक्रमहरु, अभियानहरु जारी राख्ने बताईन् । यता, माईती नेपाल कञ्चनपुरले कञ्चनपुरको सिमा नाका गड्डाचौकीमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण कार्यमा क्रियाशिल संस्था माईती नेपाल कञ्चनपुरले लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियान– २०८० को अवसरमा कञ्चनपुरको सिमा नाका गड्डाचौकीमा सचेतचनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।

माईती नेपाल कञ्चनपुरको आयोजना र नेपाल प्रहरी, सशस्त्र प्रहरी,स्थानियबासी तथा बिभिन्न संघ–संस्थाको समन्वयमा नेपाल–भारत सिमा नाका गड्डाचौकीमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिएईन् । उक्त कार्यक्रममा माईती नेपालका टोली, प्रहरी अधिकृत तथा जवानहरु, स्थानिय नागरिक, शिक्षक, बिद्यार्थी, बिभिन्न सामाजिक क्षेत्रमा आबद्ध पदाधिकारीहरु लगाएको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा सिमा नाकामा आवतजावत गर्नेहरुलाई लैङ्गिक हिंसा बिरुद्ध १६ दिने अभियानको बारेमा जानकारी गराउदै मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सचेतना गराईएको संयोजक भट्टले बताएका छन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.