कञ्चनपुरका पत्रकार धन बहादुर बोहरा (डिबी) लाई पितृ शोक

महेन्द्रनगर । कञ्चनपुरका पत्रकार धन बहादुर बोहरा (डिबी) लाई पितृ शोक परेको छ । पत्रकार बोहराका बुवा जसी बोहराको ६५ बर्षको उमेरमा शनिबार बिहान निधन भएको हो । डडेल्धुरा जोगबुडा निवासी जसी बोहराको शनिबार बिहान निधन भएको परिवारले जनाएको छ ।

कञ्चनपुरबाट प्रकाशित हुने अभियान दैनिकका सह–सम्पादक पत्रकार बोहराका बुवा जसी बोहरा केही दिन अघी मात्रै महेन्द्रनगरमा उपचार गरी घर फर्केका थिए। उपचार पश्चात पनि उनको स्वास्थ्य अवस्था ठिक नभएपछी आइतबार उनलाई कैलाली अस्पताल लैजाने तयारी चलिरहेको थियो ।

पत्रकार बोहराका बुवाको निधनले कञ्चनपुरबासी पत्रकारहरुलाई दुःखद तुल्याएको छ दुखको यस घडीमा सबै पत्रकारहरुले समवेदना प्रकट गरेका छन्। यसैबीच जसी बोहराको शनिबार बेलुका जोगबुडाको नदी तटमा अन्तिम संस्कार गरिएको छ ।

सम्बन्धित

Comments are closed.