भिमदत्त पन्तको सालिक तोडफोड गर्ने १८ जनालाई सार्वजनिक मुद्धा दर्ता

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुरका १८ जना कार्यकर्ताहरु विरुद्ध सार्वजनिक मुद्वा दर्ता भएको छ । गत शुक्रवार कञ्चनपुरको महेन्द्रनगर बजारमा रहेको स्थानिय पार्क ( भिम वाटिका ) मा रहेको सहिद भिमदत्त पन्तको सालिक तोडफोडमा संलग्न १८ जनामाथी सार्वजनिक मुद्वा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

शुक्रबार मंसिर ८ गते दिउँँसो राप्रपाले आयोजना गरेको भ्रष्टाचार, बेतिथि, हिन्दुराज्य सहित राजाका पक्षमा नारा लगाउदै सहिद पन्तको सालिक तोडफोड गर्ने राप्रपाका नेता कार्यकर्ता १८ जनामाथिनै सार्वजनिक मुद्वा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक कमल थापाले जानकारी दिएका छन् । साार्वजनिक सम्पतिमाथि अराजक तवरले तोडफोड गर्ने पक्राउ परेका १८ जना माथि नै अभद्र व्यवहार अन्तरगत आईतवार सार्वजनिक मुद्वा दर्ता गरि कारवाही अघि बढाएको उनले बताए ।

शान्तिपुर्ण आन्दोलनको नाममा अराजक गर्ने छुट कसैलाई नभएको भन्दै मुद्वाको प्रकृति हेरेर कानुनी कारवाही हुने गरिने प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए । सामाजिकरुपमा अवाञ्छित कार्य गर्ने जो कोहिलाई पनि कारवाहीको दायरामा ल्याइ कानुनी कारवाही हुने उनले बताए । आईतवार सर्वदलिय बैठकमा पनि राप्रपाका नेताहरुले आफुहरुले गल्ती गरेको महशुस भएको बताएका थिए भने, अन्य पार्टीका नेताहरुले अहिले सम्म पनि राप्रपाले गरेको गल्तीको बिज्ञप्ती नआएको प्रती आक्रोस पोखेका थिए ।

राप्रपाले आफ्ना पक्राउ परेका नेता, कार्यकर्तालाई निशर्त रिहाईको माग गर्दै शनिबार स्थानिय महेन्द्रनगर बजार बन्दको आव्हान गरेको थियो । तर रिहाई नभए अनिश्चितकालीन बन्दको आव्हान गरिने भनेपनि पक्राउ परेकाहरू नछुटने भएपछि बन्दको कार्यबाट पछि हटेका छन् । राप्रपा सुप प्रदेशका अध्यक्ष धर्मराज जोशीले पार्टीको नीति, कार्यक्रम नभई आकस्मिक रुपमा घटेको भन्दै गल्ती भएको महसुस गरेका छन् ।

उनले गर्न नहुने काम कार्यकर्ताबाट भएको र अब उपरान्त यस्ता विषयमा सचेत रहने कुरामा छलफल भएको बताए । पाटीको तोडफोड गर्ने कार्यनीति, योजना पनि होईन, आन्दोलनका क्रममा भईहाल्यो, तोडफोड गर्ने हाम्रो राजनीतिक चरित्र पनि होईन ।’ क्रान्तिकारी नेता सहिद भीमदत्त पन्तको सालिक तोडफोड गर्ने बिरुद्धमा कानुनी कार्बाहीको माग राख्दै चौतर्फि भत्र्सना भईरहेको छ ।

सम्बन्धित

Comments are closed.