गड्डाचौकी सशस्त्र प्रहरी द्धारा करिब ४ लाख रुपैँया बराबरका सामग्री बरामद

महेन्द्रनगर । कञ्चनपुर सिमानाकामा भारतबाट अवैध रुपमा नेपाल भित्राई रहेका करिब ४ लाख बराबरका बिभिन्न सामग्रीहरु बरामद गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म गड्डाचौकीको टोलीले ३ लाख ९७ हजार ९ सय बराबरका बिभिन्न कम्पनीका २ सय ३० जोर जुत्ता, ३२ किलो मकैको बिँउ, १ सय ९४ केजी पेठा मिठाई, १ सय केजी चिनी, ४४ केजी तिलसिक्री मिठाई, १३ केजी नरिवल, ३० केजी प्लाष्टिकका पन्नीहरु बरामद गरेको हो ।

मंसिर १० गते सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म गड्डाचौकीका सशस्त्र प्रहरी नायब उपरिक्षक सुदन आचार्यको कमाण्डमा खटि गएको ९ जनाको मोबवाईल गस्ती टोलीले उक्त सामग्रीहरु बरामद गरेको हो । कञ्चनपुरको भीमदत्त नगरपालिका ११ चौकी सत्ता सिमा ईलाकामा भारतबाट अवैध रुपमा नेपालमा भित्राई रहेको अवस्थामा बरामद गरेको हो ।

बरामद गरिएको सामग्रीहरुलाई आवस्यक कारवाहीका लागी कञ्चनपुर भन्सार कार्यलय गड्डाचौकीमा बुझाईएको छ ।

 

सम्बन्धित

Comments are closed.