महेन्द्रनगर । । कञ्चनपुरको बेदकोट नगरपालिकामा एक दिने स्वस्थ्य शिविर सम्पन्न भएको छ । वडा नम्वर ६ स्थित मुसेपानी स्वास्थ्य संस्थामा प्रजनन स्वास्थ्य रुग्ण्ता, स्तन क्यान्सर अव्स्ट्रटिक, फिस्टुला, आंग खस्ने समस्या र पाठेघरको मुखको क्यान्सर सम्वन्धी स्क्रिनिङ एक दिने शिविर सम्पन्न भएको हो ।
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसर पारेर स्वास्थ्य संस्थामा पाठेघर चेकजाँच सम्वन्धी एक दिने शिविर सम्पन्न भएको हो । उक्त शिविरको उद्धघाटन बेदकोट नगरपालिकाको उप प्रमुख एवम सभाध्यक्ष तुलसी जोशीले गरेकी थिईन भने, स्वागत मन्तव्य बेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिषा पालले गरेकी थिईन, भने सञ्चालन स्वास्थ्य शाखाका सिनियर अनमी भावना भण्डारी रावलले गरेकी थिईन् ।
ग्रामिण क्षेत्रका महिलाहरुले सहज रुपमा सेवा पाउन भन्ने उदेश्यका साथ पाठेघर चेकजाच सम्वन्धी एक दिने शिविर सन्चालन गरिएको आधारभूत स्वास्थ्य सेवा घुर्सुवाका अहेव शंकर जोशीले बताए । । पछिल्लो समयमा महिलाहरुमा पाठेघरको समस्या बडी देखिन थालेकोले अव सो समस्यालाइ रोकथाम गर्न महिलाहरु सचेत हुन आवस्या रहेको बताउदै महिलाहरुलाई समयमा जाँच गराउन समेत उप प्रमुख एवम सभाध्यक्ष तुलसी जोशीले आग्रह गर्नु गरिन ।
शिविरमा ७५ जना पाठेघर सम्वन्धी समस्या भएका महिलाहरुले सेवा लिएको अनमी देवकी जोशीले जानकारी दिईन् ।