महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखाममा उपप्रमुख निलम लेखकले एक हप्तामा आएको समस्याको समाधान गरेकी छन् । भीमदत्त नगरपालिका २ उल्टाखामको आदर्श टोलमा विगत लामो समयदेखी स्थानियहरुलाइ प्रयोग गर्न सडकको समस्या भएको थियो ।

१ हप्ता अगाढी आफुहरुले सडककको समस्या जाहेर गरेको स्थानिय पदम राज पाण्डेयले बताए । अहिले जेसिबी खराब भएको र पछि मर्मत भएपछि काम हुने जानकारी उपप्रमुखले दिएको उनले बताए । आफुहरुले आश्वासन मात्रै हो काम हुँदैन की जस्तै लागेको भएपनि अहिले ७ दिनमै सडकको काम भएको उनले बताए ।
अहलिे उक्त क्षेत्रमा रहेको १२ देखी १५ परिवारले सहजरुपमा आफनो काम गर्न पाउँने उनले बताए । शनिवार र आईतवार गरी दुईदिन उक्त क्षेत्रमा जेसिबीको प्रयोग गरी सडक निर्माणमा सहजता गरेकी छन् । जनताको माग अनुसार जनताको समस्यालाई बुझी जेसिबी लगायर नयाँ बाटो खोल्न आफै फिल्डमा खटिएको उनले बताईन् ।
टोलवासिहरु लाई खेतबारी खनजोत गर्न, खेतीपाती लगाउन ,व्यबसायिहरुलाई पनि समस्या भएको जानकारी आएपछि आफै फिल्डमा पुगेर काम गराएको उनले बताईन् । आफुहरुलाई सडक नभएपछि आवतजावतमा समस्या भएको र अहीले सजिलो भएको स्थानियले बताएका छन् । अहिले सडकको टय्राक खोलिएको र पछि उक्त सडकमा ग्राभेलको व्यवस्था पनि हुने उनले बताईन् ।
उल्टाखाम आदर्श टोलका टोलबासिहरु आफू सङ्ग जनप्रतिनिधि भएको आभास भएको भन्दै उप प्रमुखले गरेको कामको प्रसंशा गर्दै खुशी भएका छन् । जनताको मर्म ,दुख, पीडा बुझेर उप प्रमुख निलम लेखक पिडितको क्षेत्रमा पुगेर काम गरेको प्रती स्थानिय खुसी भएका छन् ।
Comments are closed.