भीमदत्त नगरपालिका १६ मझगाँउमा राम जानकी मन्दिर निर्माण हुने

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १६ मा राम जानकी मन्दिर निर्माण हुने भएको छ । सोमवार एक कार्यक्रमको आयोजना गर्दै भीमदत्त नगरपालिका १६ मझगाँउमा जग्गा दाता र मन्दिर निर्माणार्थ आर्थिक सहयोग गर्नेहरुलाई सम्मान कार्यक्रमको आयोजना गरिएको हो ।

उक्त स्थानमा मन्दिर निर्माणका लागी स्थानियवासी पूर्व एआईजी नेपाल प्रहरीका दिपेन्द्र बहादुर विष्ट र नेपाली सेनाका पूर्व जर्नेल शमशेर ठकुराठीले लगभग ७ कठ्ठा बढी जमिन सहयोग गरेका हुन् । साथै मन्दिर निर्माणका लागी हाल अमेरिकामा बसोबास गर्दै आएका कञ्चनपुर र कैलालीका ७ जनाले आर्थिक सहयोग पनि गरेको राम जानकी मन्दिर संरक्षण समितीका सह सचिव राजेन्द्र बहादुर चन्दले जानकारी दिए ।

पुर्व शिक्षक एव शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका पुष्कर बहादुर सिहको पहलमा मन्दिर निर्माणका लागि अमेरिकामा बस्दै आएका नेपालीबाट आर्थिक सहयोग संकलन गरिएको उनले बताए । हाल अमेरिकामा रहेका कैलाली निवासी जिवन बम, टेक बहादुर बम, कञ्चनपुर निवासी दानसिह विष्ट, हरिदत्त जोशी, धर्मराज जोशी, राजेश भट्ट, गोरख बहादुर चन्दबाट ४ लाख, ७५ हजार ८ सय ९१ रुपँैया संकलन गरेर सोही कार्यक्रममा मन्दिर समितिलाई हस्तान्तरण गरिएको उनले बताए ।

कार्यक्रममा मन्दिर निर्माणका लागि विदेशबाट सहयोग संकलन गरेका समाजसेवी पुष्कर बहादुर सिह र आर्थिक सहयोगीदाता निता महरलाई सम्मान गरिएको छ । पुर्व वन अधिकृत एवम राम जानकी मन्दिर संरक्षण समितीका सचिव समाजसेवी रमेश चन्दले भीनपा १३, १४, १६ र १७ वडाहरुमा समाजिक कार्यका लागि भवन नहुँदा मन्दिर निर्माणबाट समाजिक कार्यका लागि सहयोग पुग्ने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका समाजसेवी पुष्कर बहादुर सिहले गाँउठाँउको समाजिक कार्यका लागि सक्दो पहल गरेको बताए । कार्यक्तममा भीनपा १३ का वडाध्यक्ष राम बहादुर बोहरा (झक्कास) ले स्वच्छ मनले जनताको सेवा गरेर जहाँकही राम पाईने बताए । भीनपा १६ का वडाध्यक्ष केशव बहादुर विष्टले मन्दिर निर्माणका लागि आफ्नो तर्फबाट पहल गर्ने बताए ।

बरिष्ठ पत्रकार चित्राङ्ग थापाले धार्मिक स्थल समाजिक सुधारका क्षेत्रमा उपभोगमा जोडदिए । जानकी मन्दिर समितिका अध्यक्ष दिपेन्द्र बहादुर विष्टले गाँउमै समाजिक विकासका लागि मन्दिर निर्माण गर्न लागेको बताए । उनका अनुसार सार्वजनिक बहुउदेश्यीय सभा हल, जेष्ठ नागरिक बिश्राम स्थल, ज्ञानबृद्धि पुस्तकालय, ध्यान योग तथा साधन कक्ष, लागु औषध दुव्र्यसनी सुधार कक्ष, विवाह मण्डप, बाल उद्यान निर्माण गरिने बताए । राम जानकी मन्दिर निर्माण स्थलको पश्चिम तर्फ तटबन्ध (पर्खाल) समेत निर्माण गरिएको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.