कैलालीको धनगढीमा दुई वटा निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा

महेन्द्रनगर । कैलालीमा दुई वटा निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याइएको छ। नगर प्रमुख गोपाल हमालले विदेशमा रहेका आफन्तको पर्खाइमा धेरै दिनसम्म राख्नु पर्ने मृतक शरीरको सुरक्षाका लागि शव चिस्यान सेवा सञ्चालनमा ल्याएको बताए। उनले भने, धनगढी उपमहानगरपालिकालाई कल्याणकारी बनाउदै गएका छौ। नागरिकलाई टाउकोमा राखेर काम गर्दै आएका छौ।

हाम्रा दाजु भाइहरू वैदेशिक रोजगारीमा रहनु भएको हुन्छ। आमा बुवाको सुखका लागि उहाँहरू विदेश जादै आउनु भएको छ। मृत्युलाई रोक्न त सकिदैन। तर, उहाँहरूले आमा बुवाको अनुसारसमेत हेर्न पाउँदैनन्। त्यही भएर हामीले चिस्यान सेवा सुरु गरेका हौ।’ धनगढी उपमहानगरपालिकाका अनुसार नगर प्रहरीले चिस्यान सेवा आवश्यक परेकाहरूको घरसम्म लैजाने छन्।

उनीहरूका आफन्तको मृतक शरीर राख्न सहयोग गर्ने छन्। विद्युत्बाट सञ्चालन हुने चिस्यान सेवा उपमहानगरपालिकाको गाडीमा घरसम्म पुर्‍याइनेछ।धनगढी उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला कुमारी रानाले अन्तिम दर्शनका लागि चिस्यान सेवामा शव सुरक्षीत राख्न सहयोग गरेको बताइन्।

उनले शव चिस्यान सेवालाई निरन्तरता दिने बताइन। कैलालीको धनगढी उपमहानगरपालिकाले २ लाख २२ हजार नौ सय ६० रुपैयाँको खर्चमा दुई वटा निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको हो।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.