लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानमा वेदकोट नगरपालिकाको पृथक कार्यक्रम

महेन्द्रनगर । अहिले लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान चलिरहेको छ । “लैगिंक हिंसा अन्त्यको सुनिश्चता महिला र बालबालिकामा लगानीको एक्कबद्धता तथा हिंसा नगरौं, हिंसान सहेर नबसौं र हिंसा भएको देखेमा प्रतिकार गरौं” भन्ने मुल नारा रहेको छ ।

जिल्लामा रहेको बिभिन्न सरकोकारवाला निकाय संघ संस्थाहरुले बिभिन्न कार्यक्रम तालिम, य्राली, अभिमुखिकरण गरेर अभियानलाई मनाई रहँदा वेदकोट नगरपालिकाले भने यो अभियानलाई अलि फरक ढंगले मनाई रहेको पाईएको छ । गत वर्षको अभियानमा पनि पालिकाले वडामा पिडामा रहेका महिला, एकल महिला, विपन्न, दलित, अपाङगता, असाहय महिलाहरुलाई कानुनका ऐन नियम हिँसाका प्रकृती लगायतका विषयमा जानकारी दिन बिभिन्न कार्यक्रमको आयोजना गरेको थियो ।

“त्यती बेला पिडामा रहेका हिँसामा परेका हिँसाबाट विक्षीप्त अवस्थाबाट गुज्रीरहेका महिलाहरु फेला परे” वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले भनिन, “त्यो बेलामा हिँसामा परेका महिलाहरु बोल्न नसक्ने, टोलाई रहने, बिभिन्न समस्या भएको हामी ले पायौ” महिलाहरुको मासिकतामा गहिरो चोट परेको थाहा भएपछि यो वर्षको अभियानमा हामीले उनिहरुको मानसिकतालाई पिडाबाट कम गर्न मनो सामाजिक मनो परामर्श सम्बन्धी प्रशिक्षणको आयोजना गरेर उनिहरुलाई सशस्क्त बनाउन, सचेत, जागरुक र मजबुत बनाउने योजना अनुरुप तालिम दिई रहेको उनले बताइन् ।

अहिले वडामा रहेका विपन्न, असाहय , एकल महिला, अपाङगता, दलित हिँसामा रहेका पिडामा रहेका एक वडाबाट २० जना गरी दुई वटा वडाबाट ४० जना महिलाहरुलाई उक्त प्रशिक्षण दिईरहेको नगर उपप्रमुख जोशीले जानकारी दिईन् । अहिले पछिल्लो समय महिलाहरुले आत्महत्या गर्ने तथ्याङ बढदै गएको पाईएको नकारात्मक अवस्थामा कसरी सकारात्मक सोच विचारमा विकास गर्न सकिन्छ पिडामा रहेका महिलाहरुलाई कसरी सशस्क्त बनाएर उनिहरुलाई जागरुक बनाई बचाउँन सकिन्छ भन्ने पाठ सिकाउने आफनो उद्येस्य रहेको उनले बताईन् ।

उनले महिलाहरुले सकारात्मक सोच र विचार लिएर अगाडी बढनका लागी हिँसा सहेर नबस्न आवाज बुलन्द पार्न उनले आग्रह गरिन् । यो तालिमले महिलाहरुलाई क्षमतावान, दुरदर्शी बनाउन सशक्त बनाउन आफनो पिडा पोख्ने थलो निर्माण गर्न सक्षम बनाउन आफुहरु प्रयासरत रहेको औँल्याईन् । मानसिक रुपमा विक्षिप्त, सामाजिक पिडामा रहेका महिलाहरुले पिडित भएर आत्महत्याको बाटो रोज्ने गर्दछन, तर त्यो मात्रै विकल्प नभएको आफनो जिवनयापन गर्ने अन्य धेरै अन्य माध्यमहरु रहेको उनले बताईन् ।

आफनो मनमा पिडा गुम्साएर किन राख्ने आफनो पिडालाई बाहिर पोख्न सक्ने क्षमतावान महिला निर्माण गर्ने यो तालिमले सहयोग गर्ने अपेक्षा लिईएको उनको भनाई रहेको छ । आफु एक्लो भए, कोही छैन असाहय भए, एक्लो भए भन्ने मानसिकता पनि हटाउन यो तालिमले मद्धत गर्नेछ उनले भनिन, साथै आफनो मनोवललाई उच्च राख्न आवस्यक रहेको छ,आफुलाई कमजोर भएको महसुस गर्नुभन्दा पनि मजबुत बनाउन एकअर्का संग विश्वास गर्न आवस्यक रहेको उनले बताईन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.