महेन्द्रनगर । युवा समाजसेवी बिनय प्रकाश मल्लले डडेल्धुराको भागेश्वर गाउँपालिकाको महाभारत क्षेत्रमा रहेको भागेश्वर मन्दिर धुरा जाँतमा दर्शनार्थीहरुलाई निशुल्क चियापानको व्यवस्था गरेका छन् । जाँतमा समाजसेवी विनय प्रकाश मल्लको सहयोग तथा डडेल्धुरा युवा मञ्च भागेश्वर र जय बाबा घटाल क्लवको सहकार्यमा निशुल्क चियापान कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोज दिपक राज भट्टले बताएका छन् ।
मेलामा आएका दर्शनार्थीहरु टिमले निशुल्क चियापान गराएको यस्तै सुरक्षाकर्मि, भजन कृतन मण्डलका सदस्यहरु लाई समेत निशुल्क चियापान गराईएको भट्टको भनाई छ । करिब १ हजार कप निशुल्क वितरण गरेको आयोजकले जनाएको छ । उनले अहिले डडेल्धुरामा शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटकिय क्षेत्र, मठमन्दिर निर्माण लगायत एकल महिला, बालबालिका, बिरामी उपचार नपाएकालाई सहयोग गरी स्वस्थ बनाउने काम गरेका छन् ।
उनले डडेल्धुरामा लाग्ने धार्मिक मेला महोत्सवमा पानी फलफुल,जुस ,प्रशादहरु निशुल्क वितरण गर्ने जल्लामा रहेको पुरातात्विक, ऐतिहासिक पर्यटकिय क्षेत्रका मठमन्दिरहरु निर्माण, मर्मत र मुर्तीहरु स्थापना गरेर सहयोग गरेका छन् । साथै उनले, मन्दिरहरुमा अक्षयकोषको स्थापना पनि गरेका छन् । जापानमा व्यवसाय गरिराख्नु भएका अमरगढी नगरपालिका–४ खलांगा निवासी समाजसेवी विननयप्रकाश मल्लको आर्थिक सहयोगमा डडेल्धुराका बिभिन्न सामुदायीक विद्यालयहरुमा अक्षय कोष स्थापना पनि भएका छन् ।
सामुदायीक विद्यालयमा अक्षय कोष स्थापना गरेर ब्याजवाफत प्राप्त हुने रकमबाट अति विपन्न, दलित र जनजाती समुदायका जेहन्दार विद्यार्थीहरुलाई बर्षेनी छात्रवृती प्रदान गरिने भएको छ । समाजसेवी मल्लले उपचार खर्चको अभावमा उपचार गर्न बञ्चित बिरामीहरुलाई पनि आर्थिक सहयोग गर्दै आउनु भएको छ । डडेल्धुरा जिल्लामा बिभिन्न सामाजिक गतिविधीहरुमा आर्थिक सहयोग चाहिएमा स्थानीयले मल्ललाई सम्झिने गरेका छन ।