लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान ः वेदकोट ७ मा मानसिक हिंसाबाट बच्न प्रशिक्षण कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत मनो सामाजिक मनो परामर्श सम्बन्धी प्रशिक्षणको आयोजना गरिएको छ । उनिहरुलाई सशस्क्त बनाउन, सचेत, जागरुक र मजबुत बनाउने योजना अनुरुप तालिम दिई रहेको हो ।

कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर ७ सुडा टाउन खानेपानीको सभाहलमा आज एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कञ्चनपुरको बेदकोट नगरपालिका वडा नम्वर ७ का वडाध्यक्ष थानेश्वर प्रसाद भटट्को सभाध्यक्षमा एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

हिंसा वातावरण अनुसार बृहत रुपमा घटिराखेको बताउदै अव मुख्य मानसिक हिंसाबाट बच्न आफ्नो मनोवल बढाउनु पर्छ भन्ने कुरा प्रमुख अतिथि तथा नगर उपप्रमुख तुलसी जोशीले व्यक्त गर्नु भयो ।

आमा पहिलो पाठशाला भएकाले आमाले हिंसा रहित समाज निर्माण गर्न परिवारबाट रुपानतरण गर्नु पर्ने बताउनु भयो । सो कार्यक्रममा बेदकोट नगरपालिका वडा नम्वर ७ र ८ का सहभागीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

Comments are closed.