महेन्द्रनगर । काठमाण्डौको एक कलेजले भुकम्प पीडित विद्यार्थीहरूलाई निशुल्क पढाउने भएको छ। काठमाण्डौ महानगरपालिका ३१ कोटेश्वरस्थित रहेको हिमालय कलेजले कलेजमा प्लसटु देखि मास्टर सम्म विज्ञान, व्यवस्थापन र मानविकी सङ्कायमा० पढून् आउने भुकम्प पीडित विद्यार्थीहरूलाई निशुल्क पढाउने भएको हो।
वाइसीएल नेपालका केन्द्रीय सचिव नवराज ऐरको पहलमा कलेजले भुकम्पबाट प्रभावित जिल्लाबाट कलेजमा पढ्न आउने विद्यार्थीहरूलाई कलेजले निशुल्क पढाउने भएको हो।विद्यालयका निर्देशक भुवन जोशीले भुकम्पबाट प्रभावित जिल्ला जाजरकोट, रुकुम पश्चिम र बझाङका पीडित विद्यार्थीहरूलाई प्लसटु देखि मास्टर सम्म पढून् आउँदा शत प्रतिशत छुट दिने कलेजले निर्णय गरेको बताएका छन्।
उनले भने ुनेता ऐरको पहलमा कलेजको सोमबार बसेको छलफलबाट भुकम्प पीडित विद्यार्थीहरूलाई शत प्रतिशत छुट दिने निर्णय गरेका छौं।ु
Comments are closed.