बजारका नालामा शौचालयको पाईप हालेको पाईएमा कारवाही हुन्छ : भीमदत्त उप प्रमुख लेखक

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले नालामा शौचालयका पाईप हाल्नेलाई कारवाही हुने बताएकी छन् । भीमदत्त नगरपालिका १८ स्थित महेन्द्रनगर बजारका गल्लि नम्बर २, ३ का पछाडीको ढलमा केही व्यक्तिहरुले सेप्टी ट्याङकीको पानी ढलमा मिसाएका थिए । बिहिवार आफै उक्त क्षेत्रमा पुगेर नगर प्रहरी लगाएर पाईपहरु काट्न लगाएकी छन् । उनले अब उपरान्त कसैले पनि भीमदत्त नगर पालिका भित्र नालामा आफनो शौचालयको पाईप जोडेको थाहा भए कारवाही हुने उनले बताईन् । कञ्चनपुरको महेन्द्रनगर बजारमा नालीमा हालिएका शौचालयकोे पाईपलाई भीमदत्त नरपालिकाले काटेको छ । बिहिवार नगरपालिकाले नगर प्रहरी लगाएर नालामा सेप्टी ट्याङकीको पानी हाल्ने स्थानियहरुको पाईप काटेको हो । एसियाली विकास बैंकको सहयोगमा भीमदत्त नगरपालिका स्थित महेन्द्रनगर बजारमा निर्माणाधिन ढलमा केही व्यक्तिहरुले नाली तोडेर सेप्टी ट्याङकीको पानी ढलमा मिसाएका थिए । भीमदत्त नगरपालिका १८ स्थित महेन्द्रनगर बजारका गल्लि नम्बर २, ३ का पछाडीको ढलमा केही व्यक्तिहरुले सेप्टी ट्याङकीको पानी ढलमा मिसाएका थिए ।

आफुहरुलाई पालिकाले जानकारी नदिई पाईप कोटेको भन्दै आक्रोस पनि पोखेका थिए ।भीमदत्त नगरपालिका २ का स्थानिय प्रदिप कुमार रावलले नगरपालिकाले यस्को विकल्प दिनु पर्ने बताए । काम हुँदा नगरपालिकाले अनुगमन नगरेको अहिले आएर आफना पाईपहरु काटेर लैजानु गलत भएको बताए । अर्का स्थानिय नवराज भट्टले कसैले पनि ढल बग्ने नालामा आफनो सेप्टी ट्याङकीको पानी हाल्नु गलत भएको बताए । यसले सबैलाई हानी हुने भएकाले स्थानियहरुले यस्तो कार्य तुरुन्त रोक्नु पर्ने बताए ।
भीमदत्त नगरपालिका १८ का अध्यक्ष रविन्द्र प्रशाद देवकोटाले यसरी नालामा आफनो सेफ्टी टयाङकबाट आउने पानी हाल्नु गैर कानुनी रहेको बताए । विगतका दिनमा पनि अव्यवस्थित तवरले नालामा सिधै शौचालयको पाईप जोडिएको भन्ने खबर आएको र सबैलाई कारवाही गरिएको अवस्थामा यो २ नम्वर र ३ नम्वरको पछाडी का नालामा पनि त्यसैगरी कार्य गरिएको पाईएको भएर सबै पाईप काटेर जफत गरिएको उनले बताए ।
स्थानिय वासिन्दाहरुले पनि आफु सचेत भएर काम गर्नुपर्ने यो स्वास्थ्य संग प्रत्यक्ष असर पार्ने विषय भएकाले सबेलाई कारवाही हुने बताए । यसले तल्लो भेगमा रहेका निम्बुखेडा , खैरभट्टी, भागफाटा, शुक्लाफाँटा आरक्ष सम्म यसको असरि पर्ने भएका ले नागरिक आफैले सचेत हुनु पर्ने बताए । यस्तै भीमदत्त नगपालिकाका नगर उपप्रमुख निलम लेखकले नालामा आफनो बाथरुमको पानी नुहाउने पानी मात्रै हाल्नका लागी प्रयोग हुनुपर्नेमा स्थानियहरुले आफै तोडफोड गरे पाईप हालिएको पाईएको बताईन् ।
यसरी बन्दै गरेको संरचनालार्य तोडेर गैर कानुनी रुपमा आफनै मनमर्जीले नालामा पाईप हालिनु गलत कार्य भएको उनले बताईन् । ‘केही व्यक्तिहरुले आफ्नो सेप्टी ट्याङकीको पानी ढलमा हालेको कुरा हामीले जानकारी पाउने वित्तिकै ती पाइप काटेका छौँ ।’ उनगर उपप्रमुख लेखकले भनिन, ‘अन्य गल्लिमा समेत नालि तोडेर ढलमा सेप्टी ट्याङकीको ढल मिसाएको कुराहरु आएका छन् सबैलाई काट्ने योजना रहेको छ ।’
‘अन्य ठाउँमा पनि अनुगमन गरि सेप्टी ट्याङकीको पानी ढलमा हालेको भेटिएमा त्यस्ता पाइप काटेर जफत गरिनेछ ।’ उनकाअनुसार नगरपालिकाले पटक–पटक उक्त कार्य नगर्न सूचना प्रकाशन र माइकिङ गर्दागर्दै पनि केही व्यक्तिहरुले सेप्टी ट्याङकीको पानी ढलमा मिसाएपछि विहिवार नगरपालिकाले ती व्यक्तिका ढलमा मिसाएका सेप्टी ट्याङकीका पाइप काटेर जफत गरेको छ ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.