महेन्द्रनगर । कञ्चनपुरमा कान उपचार केन्द्रको स्थापना भएको छ । इम्प्याक्ट नेपाल नामक संस्थाले भीमदत्त नगरपालिका ३ भासी म्युजियम नजिक कान उपचार केन्द्र खोलेर सेवाको सुरुवात गरेको हो । सुदूरपश्चिममा यो सहित अर्काे कान उपचार केन्द्र अत्तरियामा पनि रहेको छ ।
अत्तरियाबाट बिगत ७ बर्ष देखी कान स्वास्थ्य सम्बन्धि सम्पुर्ण विशेषज्ञ सेवाहरु प्रदान गर्दै आइरहेको र कञ्चनपुरबाट पनि अबदेखी निरन्तर सेवा दिने इम्प्याक्ट नेपाल कान उपचार केन्द्र अत्तरियाका परियोजना अधिकृत राम बहादर बोगटीले जानकारी दिए । महेन्द्रनगरबाट कानको चेक जाच तथा परामर्श सेवा, कान स्वास्थ्य सम्बन्धित औषधि सेवा, सुनाइ क्षमताको परीक्षण, कान कम सुन्नेहरुको लागि श्रवण यन्त्र मेशिन उपलब्ध गराइने उनले बताए ।
संस्थाले समुदाय स्तरमा बहिरोपनको रोकथाम तथा न्युुनिकरणका लागि भिमदत्त नगरपालिकाका वडाहरुमा रहेका बिद्यालय तथा समुदाय स्तरमा निशुल्क कान चेकजाच घुम्ति शिबिर तथा कान स्वास्थ्य सम्बन्धि जनचेतनामूलक अभिमुखिकरण कार्यक्रम सन्चालन गर्ने योजना रहेको इम्प्याक्ट नेपाल कान उपचार केन्द्र अत्तरियाका ब्यबस्थापन समिती सदस्य एवम रास्ट्रिय अपांग महासंघ सुदुर पश्चिम प्रदेश अध्यक्ष मान बहादुर साउदले बताए ।
यस्तै, जिल्लामा रहेका अपाङता भएका व्यक्तीहरुले पनि यो कान उपचार केन्द्रबाट सेवा लिन सहज हुने बताए । विगतका दिनहरुमा कानको उपचार गर्न सुन्ने क्षमता कस्तो छ भनेर जानकारी लिन नेपालगञ्ज जानु पर्ने बाध्यता रहेकोमा अब उक्त बाध्यता हटने रास्ट्रिय अपांग महासंघ सुदुर पश्चिम प्रदेश पुर्व अध्यक्ष तथा अपांग सेवा संघ महेन्द्रनगरका अध्यक्ष उपेन्द्र खडायतले बताए ।
साथै दुरदराजमा रहेका सेवाग्राहीले पनि सेवा लिन सक्ने खालको व्यवस्था गर्न उनले आग्रह गरे, साथै कान कम सुन्ने अपाङगता भएका व्यक्तीलाई कार्ड दिन पनि समस्या भएको बेलामा यो उपचार केन्द्रले अब सहज हुने नउले बताए । यसै गरी महाकाली प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपेरिन्टेन्डेन्ट डाक्टर अर्जुन भट्टले कञ्चनपुरमा अति आवस्यक रहेको यो कान उपचार केन्द्रले धेरै व्यक्तीलाई सहज हुने बताए ।
साथै आफुहरुले गर्ने साथ र सहयोगका लागी तयार रहेको बताए । भिमदत्त नगरपालिका वडा न. ३ का वडा अध्यक्ष गगन सिंह धामिले मानव जिवनमा कानको महत्वपुर्ण काम रहेकाले सबै स्थानियहरुको पहुँच पुग्न ेगरी आफनोसेवा प्रदान गर्न आग्रह गरे साथै वडनले गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको बताए ।
उक्त कार्यक्रममा महाकाली प्रादेशिक अस्पताका मे. सु. डा. अर्जुन भट्ट, महाकालि प्रादेशिक अस्पताल नाक, कान, घाटि रोग बिभागका डा. प्रशान्त भट्ट, रास्टिय अपांग महासंघ सुदुर पश्चिम प्रदेश अध्यक्ष मान बहादुर साउद, रास्टिय अपांग महासंघ सुदुर पश्चिम प्रदेश पुर्व अध्यक्ष तथा अपांग सेवा संघ महेन्द्रनगरका अध्यक्ष उपेन्द्र खडायत, अपाङ्ग अधिकारकर्मी दिर्घ बहादुर स्वार पत्रकार, सेवाग्राहीहरुको उपस्थिति रहेको थियो ।