कञ्चनपुरमा ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवस भव्यताका साथ सम्पन्न

महेन्द्रनगर । अपाङ्गता भएका व्यक्तीहरुले अहिले पनि राज्यले दिएको सेवा सुविधाबाट बञ्चित हुनु परेको गुनाशो गरेका छन् । कञ्चनपुरमा ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा भीमदत्त नगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्दै सरकारले उपलब्ध गराएको सेवा सुविधालाई सहज रुपमा उपभोग गर्न नपाएको बताएका हुन् ।

अपाङग सेवा संघ कञ्चनपुरका स्थापक एवम शिक्षक उत्तम चन्दले राज्यले दिने सेवा सुविधा प्रचुर मात्रामा नभएको र विकास लगायतका अबधारणामा आफनो समुदायको पहुँच हुन नपाएको बताए । साथै उनले सरकारले सथानिय तहदेखी आफनो समुदायको हक अधिकारका लागी चासो देखाएर अन्य व्यक्ती सरह जिवन यापन जिउन सक्षम छन भन्ने जानकारी दिए ।

अपाङ्गता अधिकारकर्मी जिवन भट्टले अहिले नयाँ बनेका संरचनामा पनि अपाङ्गता मैत्री नहुनु, सरकारी कार्यालय, बैँक, होटल सबै क्षेत्रमा आफुले सहज सेवा नपाउँनु जस्ले गर्दा अझ बढी पिडाको बोध हुने बताए । साथै सरकारसंग विगतका दिनमा पनि धेरै मागहरु गरिएको भएपनि अहिले सम्म रोजगारीको वातावरणको सिर्जना नभएको बताए । साथै आफुहरुले प्रयोग गरिरहेका सहायक सामग्रीको अत्यधिक अभाव रहेको जस्ले गर्दा दैनिकी जिवनमा गर्नुपर्ने कार्यमा बाधा अबरोध सिर्जना भएको बताए ।

स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारसंग आफुहरुले प्रयोग गर्ने ह्विल चियर, बैसाखी, ट्राई साईकल आदीमा सहज पहुँचको वातावरण निर्माण गरिदिए पनि कतिपय अपाङ्गता भएका व्यक्तिहरुको दैनिकी निकै सहज हुने उनले बताए । अमर शहिद आधारभुत बिद्यालय बहिरा श्रवण शक्ति कम भएका बिद्यार्थीका स्रोत शिक्षक सोमराज जोशीले अहिले पनि बिद्यालयमा प्रयाप्त दोभाषे शिक्षक र बालबालिकालाई हेर्ने सहायक शिक्षिकाको अभाव रहेको बताए । साथै बिद्यालयमा पनि बिभिन्न भौतिक संरचनाको पनि अभावमा अपाङ्गता भएका बिद्यार्थीहरुको पठनपाठन भईरहेको बताए ।

३० जना अपाङ्गता भएका बिद्यार्थीहरुलाई एक जना सहयोगी सरकाफाई गर्ने महिलाले हेर्नुपर्ने समस्या भएको बताए । यस्तै, कार्यक्रमका सभाध्यक्ष एवम रास्ट्रिय अपांग महासंघ सुदुर पश्चिम प्रदेश निवर्तमान अध्यक्ष तथा अपांग सेवा संघ महेन्द्रनगरका अध्यक्ष उपेन्द्र खडायतले अपाङगता भएका व्यक्तीहरुका लागी नेपालको संबिधान २०७२ मा पनि आत्मसम्मान पूर्वक बाँचन पाउने अधिकार सुनिश्चित गरेको बताए ।

तर पनि यी र अन्य कानुन ऐन नियम बने पनि नियम संगतले लागु नहुने फितलो कार्यान्वयनले अहिले पनि आफुहरुले दुख पाईरहेको बताए । अहिले पनि कतिपय सरकारी कार्यालय, संघसंस्थाहरुमा भुँई तलामा पनि जान सक्ने व्यवस्था नरहेको बताए । जस्ले गर्दा सेवा सुविधा लिन अहिले पनि समस्या भएको दुखेसो पोखे । कार्यक्रमका प्रमुख अतिथी एवम भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले अपाङगता भएका व्यक्तीहरुको हक अधिकारका लागि पालिकाले गर्ने सहयोगमा जहिले तत्पर रहने बताईन् ।

साथै अमर शहिद आधारभुत बिद्यालयमा सहयोगी शिक्षिकाको व्यबस्थापनमा आफुले यथा सक्दो चाँडो काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् । साथै अपाङगता दिवस लगायतका बिभिन्न कार्यक्रम खेलकुदमा पनि साथ र सहयोग गरेर काम गरिएको बताईन् । आफुले विगतका दिनमा पनि बजेटको विनियोजन गरि पालिकाले सहयोग गरेको र आगामी दिनमा पनि के कती सहयोग गर्न सकिन्छ, त्यसमा आफु सदैव सकारात्मक रहेको बताईन् । अपाङगता भएका व्यक्तीहरुले पछाडी भएको महससुु नगर्न आग्रह गरिन पालिका र स्वयम आफु जहिले पनि पदमा रहँदा होस वा नहुँदा जहिले पनि साथ र सहयोग गर्ने बताईन् ।

सम्बन्धित

Leave A Reply

Your email address will not be published.