भीमदत्त नगरपालिकाद्धारा लागुऔषध दुव्र्यसन न्युनिकरण अभिमुखिकरण कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका १५ मा बिद्यार्थीहरुलाई लागुऔषध न्युनिकरण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । लैङिगक हिँसा विरुद्धको १६ दिने अभियान अन्तरगत लागु औषध दुव्र्यसन न्युनिकरण र लैङिगतामा आधारित हिँसा सम्बन्धमा सरोकारवाला बीच बिद्यालय स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हो ।

भीमदत्त नगरपालिका १५ मा रहेको लक्ष्मि माध्यामिक बिद्यालयमा अध्ययनरत करिब १ सय भन्दा बढी बिद्यार्थीहरुलाई लागु औषधबाट हुने हानी नोक्सानी लागे औषध प्रयोग गरेमा स्वास्थ्यमा पर्ने असर, कानुनका विषयमा जानकारी प्रदान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरिक्षक बिनु शाहीले उक्त अभिमुखिकरण कार्यक्रममा आफनो प्रस्तुतीकरणमा जिल्लामा भएका लागु पदार्थको अवस्था, न्युनिकरणका उपाय, असर तथा कानुनका विषयमा जानकारी प्रदान गरेकी थिईन् ।

उनले सामुदायिक साझेदारी कार्यक्रम अन्तरगत बिभिन्न कार्यक्रम गर्दै आईरहेको अवस्थामा यो १६ दिने लैङिगक हिँसा विरुद्धको अभियानमा लागु औषध तथा दुव्र्यशनीको विरुद्धमा यो अभिमुखिकरण कार्यक्रम गरिएको बताईन। साथै बिद्यार्थीहरु बढी लागु औषधमा फस्ने उमेर रहेको हुँदा उनिहरुलाई यस्को असर कानुनमा के छ व्यवस्था ? कसरी बच्न सकिन्छ ? यसको रोकथाम आदी विषयमा जानकारी दिईएको उनले बताईन् ।

यस्तै बिद्यालयका प्रधानाध्यापक प्रकाश चन्दले यो अति महत्वपूर्ण विषयमा आफना बिद्यार्थीहरुलाई जानकारी दिनका लागी कार्यक्रमको आयोजना गरेकोमा उनले भीमदत्त नगरपालिकालाई धन्यवाद व्यक्त गरे, साथै बिद्यार्थीहरुले पनि सक्रिय सहभागिता जनाउको उनले बताए । भीमदत्त नगरपालिका १५ का वडा अध्यक्ष भुवन भट्टले आफनो समयलाई अध्ययन र खेलकुदमा लगाउन आग्रह गरे, उनले कोही आफनो साथी भाईले लागु औषधको सेवन गरेको थाहा पाएमा अभिभावकलाई भनेर सहयोग गर्न आग्रह गरे, साथै आफनो घरमा पनि यहाँ सिकेका विषयहरुको जानकारी दिने र आफनो साथी संगीमा पनि छलफल गर्नुपर्ने बताए ।

यस्तै कार्यक्रमका प्रमुख अतिथी एवम भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीले अहिले जिल्लामा सबै भन्दा बढी लागु औषधले दुख दिएको बताईन् । सबै भन्दा बढी युवा पिढी अहिले लागु औषधको दलदलमा फसेर देशको भविश्य नै जोखिममा रहेको जानकारी दिईन् । साथै भीमदत्त नगरपालिकाले बिभिन्न वडामा यसैगरी जनचेतना मुलक कार्यक्रमको अयोाजना गर्दै अभिमुखिकरण छलफल हरु गर्दै गर्दा सामुदायिक बिद्यालयमा कार्यक्रम नभउको महसुस गर्दै यो कार्यक्रमको अयोजना गरिएको बताईन् । सार्थै बिद्याथीहरुले सधै अनुशासन बस्यो भने आफनो भविश्य उज्जवल हुने बताईन् ।

उनले कुलतमा लागु औषधमा फस्ने युवाहरुको भविश्य पनि अन्धकार हुने जेल जिवन बिताउनु पर्ने अवस्था भएको जिकिर गरिन् अहिले जिल्ला प्रहरीले दिएको तथ्याङक हेर्दा सबै भन्दा बढी युवाहरु अहिले जेलमा रहेको देखिनु दुखद भएको बताईन् । सबैले आफनो साथीसंगती पनि राम्रो बनाउनु पर्ने कुलतमा फसेका खानेहरुबाट टाढा हुनुपर्ने नगर उपप्रमुख लेखको भनाई रहेको थियो ।

सम्बन्धित

Comments are closed.