ट्राफिक प्रहरी कञ्चनपुरद्धारा बिद्यार्थी, चालकहरु संग जनचेतना मुलक कार्यक्रम सम्पन्न

महेन्द्रनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरले सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक नियम सम्बन्धी जानकारी दिन बिभिन्न कार्यक्रमको आयोजना गरिरहेको छ । कार्यालय तथा मातहत अस्थायी ट्राफिक प्रहरी पोष्टले बिद्यार्थीहरु तथा चालक, बिभिन्न सरकारी तथा गैर सरकारी बिद्यालयका प्रधानाध्यापकहरु तथा प्रतिनिधीहरुको सहभागितामा जनचेतना मुलक कायृक्रमको आयोजना गरेको छ ।

दिनानु दिन बढ्दै गई रहेको सवारी दुर्घटना न्युनिकरण,चिसोको दिनमा लाग्ने कुहिरोको कारण हुन सक्ने दुर्घटना,स्कुल बस निर्देशिका २०७४ कार्यान्वयन लगायतका बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको जिल्ला टा«फिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नरेश विकले जानकारी दिएका छन् । उनले अब मौसममा आउँने परिवर्तन संगै बिहानको समयमा हुस्सु लाग्ने र सवारी साधनहरु नदेखिएर दुर्घटना हुने क्रमलाई कम गर्न छलफल भएको बताए ।

महेन्द्रनगरको सयुक्त गस्ती टोली द्धारा महेन्द्रनगर बजार वडा ऐरीया अन्तरगत रहेको अब्यवस्थित पार्किङका सवारी साधनहरु ब्यवस्थित पार्किङ गर्न लगाउनुका साथै अब्यवस्थित पार्किङ गर्ने सवारी चालकहरुलाई सवारी तथा ऐन नियम, सडक सुरक्षा ट्राफिक ऐन नियम, सडक प्रयोग गर्ने तरिका सम्बन्धि सम्झाई बुझाई गरिएको उनले बताए ।

तथा यस कार्यालय मातहत अस्थायी ट्राफिक प्रहरी पोष्ट दैजी,कलुवापुर,बेल्डाडी,डोकेबजार र बह्रमदेवले चालक संग १ मिनेट कार्यक्रमसाथै सवारी साधनका चालकहरु र बिद्यार्थीसंग १ मिनेट कार्यक्रम पनि सञ्चालन गरेको छ । बिहानी कक्षाका बिद्यार्थीहरु तथा चालक संग १ मिनेट कार्यक्रम सञ्चालन र नयाँ सवारी चालक अनुमती पत्रको लागि आएका नया प्रशिक्षार्थीहरुलाई ट्राफिक ऐन नियम सम्बन्धी जनचेतनामुलक जानकारी प्रदान गर्ने कार्यक्रमको आयोजना गरेको हो ।

यातायात ब्यवस्था कार्यालय महेन्द्रनगरले लिएको प्रयोगात्मक (ट्रायल) परीक्षामा सम्मलित हुन आएका २ सय ५४ जना र दैजी र गुलरियाले सवारी दुर्घटना न्यूनिकरण र ट्राफिक नियम सम्बन्धी जानकारी दिन बिहानी कक्षाका बिद्यार्थीहरु तथा चालक संग १ मिनेट कार्यक्रम सञ्चालन गरेको जिल्ला टा«फिक प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी निरीक्षक नरेश विकले जानकारी दिएका छन् ।

पछिल्लो समय आफुहरुले सवारी दुर्घटनालाई कम गर्न बिभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गर्दै आएको र बढी भन्दा बढी कसरी सवारी चालकलाई, स्थानिय नागरिकहरुलाई ट्राफिक नियमबारेमा जानकारी दिने सचेत गर्न सकिन्छ, सुरक्षित यात्रा कसरी गराउन सकिन्छ भनेर मातहतमा रहेको क्षेत्रहरुमा जनचेतना मुलक कार्यक्रम गर्दै आएको बताए ।

पछिल्लो समय जिल्लामा सवारी दुर्घटनामा पनि कमी आएको उनले दावी गरे, जिल्लामा रहेको मातहतका कार्यालयबाट पनि बिभिन्न समयमा जनचेतना मुलक कार्यक्रम भएर पनि अहिले विस्तारै सचेतना बढदै गईरहेको उनले बताए ।

 

सम्बन्धित

Comments are closed.