महेन्द्रनगर । कञ्चनपुरमा साईकलमा क्यारिङ गर्ने अर्थात भारतको बनबासा बाट सामान बोक्ने महिलाहरुले भन्सार काट्न पाउँनु पर्ने माग पुरा नभए कडा रुपमा आन्दोलन गर्ने चेतावनी दिएका छन् । बुधवार बसपार्कमा रहेको श्रमिक मजदुर संघको कार्यालयमा जिल्लामा रहेका साईकलमा क्यारिङ गर्ने महिलाहरुले एम समिती गठन गर्दै सरकारले आफनो माग पुरा नगरेमा कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।
गत मंसिर पहिलो हप्तामा उनिहरुले सिमानाका गड्डाचौकीमा माग राख्दै धर्ना पनि दिएका थिए । विगत केही दिनदेखी भन्सार कार्यालयमा उनिहरुले आन्दोलन गर्दै आफुहरुले ल्याएको सामानहरुको भन्सार काटेर सामान ल्याउन दिनुपर्ने माग अघी सारेका छन् । बनबासाबाट साइकलमा मालसमान बोकेर दैनिक गुजारा चलाउने महिलाहरु साइकलमा ल्याएको समानको भन्सार काटिनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिने भन्दै चेतावनी दिएका छन् ।
विगत १५ देखी २० वर्षबाट साईकलमा सामान बोकेर आफनो परिवारको पेट पाल्र्दै आएको भन्दै अहिले क्यारिङ गर्न पनि बन्द भएको अवस्थामा आफुहरु समस्यामा परेको राधिका धामीले बताईन् । आफुहरुले भारतबाट सामानहरु ल्याएको भन्सार दिन तयार रहेको भएपनि सरकारले उक्त माग पुरा गर्न तयार नभएको उनले बताईन् । भन्सार किन बन्द भयो ? किन हामीलाई कारोवार गर्न दिईएन ? उनले प्रश्न गरिन, सामान नल्याउँने हो भने, घरमा चुलो बल्दैन, यता सामान ल्याउन सरकारले दिँदैन अब हामीले के गर्ने ? के खाने ? ठुलो समस्यामा रहेको उनिहरुको भनाई रहेको छ ।
आफुहरुले राजश्व तिरेर सामान लैजान दिने व्यवस्था नभए हामीहरुले जवरजस्ती भएपनि सामान लैजाने चेतावनी दिएका छन् । यस्तै, पुजा पहरीले बिगत २० बर्ष देखी सिमावर्ती भारतीय बजार बनबासा देखी महेन्द्रनगरमा साईकलमा क्यारिङ गर्दै आएको बताईन् । साईकलमा जोखिम कष्टकरका साथ सामान ओसार्दै आएका महिला क्यारिङ्गकर्ता भन्सार कार्यालय गडड्डाचौकीले भन्सार काटन् छाडेपछि आन्दोलित भएको उनले बताईन् ।
क्यारिङ्गकर्ताले भन्सार क्षेत्रमा बिरोध प्रर्दशन गर्दै भन्सार काटेर समान ल्याउँछौँ भन्दा पनि नमानेपछि आन्दोलनमा उत्रिएको बताएका छन् । उनीहरुले मजदुरले पेट पाल्नका लागि समेत भन्सार तिरेर समान ल्याउँछौँ भन्दा पनि नमान्ने ठुला तस्कर समुहसंग हिमचिम गर्दै आएको आरोप लगाएका छन् । कञ्चनपुर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत राजनबाबु काफ्लेले साईकलमार्फत समान ल्याएर भन्सार प्रज्ञापन काट्न नपाउने नेपालभर नियम भएकाले साईकलमा ल्याएको मालसामानको भन्सार काट्न रोकेको बताए ।
विगतका दिनमा भन्सार कार्यालयले भन्सार काटेर गरेको कार्य पनि कानुन बमोजिम गलत रहेको उनले बताए । यो कार्य भनेको व्यापारीको गोदाम भर्नलाई मात्रै भएकाले यो कानुन विपरित अबैध कार्य रहेको बताए । उनले समुह बनाएर प्यानमा दर्ता गर्न सक्यो भने अन्य व्यापारी जस्तै गरी सामानहरु ल्याउन सकिने उनले बताए ।
संघिय सरकारले कानुन संसोधन गर्न सक्यो भने मात्रै सबैलाई सहज हुने उनको भनाई रहेको छ । भन्सार कार्यालयले बिगत ३ महिना देखी साईकलमा बोकेर ल्याएको मालसमानको भन्सार काट्नमा रोक लगाए पछि यति बेला क्यारिङ्गकर्ता बेरोजगार भएका छन् भने उनिहरुको चुलो निभ्ने अबस्थामा पुगेको छ ।
Comments are closed.