लालीगुराँस महिला बचत तथा ऋण सहकारी संस्थाको १७ औँ वार्षिक सधारण सभा सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाको लालपुरमा रहेको लालीगुराँस महिला बचत तथा ऋण सहकारी संस्थाको १७ औँ वार्षिक सधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रममा सभाध्यक्ष सहकारीका अध्यक्ष सिता डगौराको रहेको थियो भने, प्रमुख अतिथीमा नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको रहेको थियो ।

यस्तै बिशिष्ट अतिथीमा वेदकोट नगरपालिका ९ का अध्यक्ष जनक बहादुर बिष्ट, वडा नम्वर ७ का सदस्य एवम पालिका सदस्य तारा डगौरा रहेका थिए । सहकारीमा जम्मा रकम १ करोड १ लाख ८३ हजार १४ रुपैँया रहेको र हाल सम्म खर्च ९ लाख ९३ हजार ६ सय ९४ रुपैँया रहेको सहकारीका अध्यक्ष सिता डगौराले जानकारी दिईन् ।

साथै कार्यक्रमका बिशिष्ट अतिथी वडा अध्यक्ष बिष्टले सहकारीलाई अवस्यक पर्ने बिभिन्न फर्निचरहरु सहयोग र्ने प्रतिवद्धता जाहेर गरे सहकारीले अहिले समुदायमा आफनो बेग्लै पहिचान बनाएर व्यापार व्यवसायी गर्न चाहने महिलाहरुलाई रिण सहयोग गरी आम्दानी बढाउन सहयोग गरेको बताए ।

यस्तै,पालिकाका नगर प्रमुख बोहराले सहकारीको उत्थानका लागी विकासका लागी पालिकाको सदैव सहयोग गर्ने बताए, साथै व्यापार व्यवसाय गर्नका लगी आवस्यक पर्ने तालिम अभिमुखिकरणका लागी पनि हातेमालो गरेर अगाढी बढने बताए ।

सम्बन्धित

Comments are closed.